२८ आश्विन २०८२, मंगलवार

नेकपा केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले बोल्नेक्रम सकियो

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीको तेश्रो विशेष बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको छ । असाेज २६ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा कपिलवस्तुमा जारी बैठकमा सबै केन्द्रीय सदस्यले महासचिव विप्लव सीको राजनीतिक प्रस्तावमाथि धारणा राखेका छन् ।

 ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शिर्षकको ८ पृष्ठ लामो राजनीतिक प्रस्तावमाथि छलफल गर्दै धेरैले पार्टी एकता र आगामी निर्वाचनको विषयमा बहस केन्द्रीत गरेका छन् । बैठकमा बुधबार विहान पोलिटब्युरो र दिउँसो स्थायी समिति सदस्यहरुले प्रतिवेदनमाथि धारणा राख्ने स्थायी समिति सदस्य अनिल सीले बताएका छन् । ‘पोलिटब्युरो र स्थायी समितिको धारणापछि महासचिवले उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।’, टेलिफोन संवादमा नेता अनिल सीले भने, ‘बैठक पर्सिसम्म चल्नेछ ।’

विभिन्न मिडियामा आएका समाचारको खण्डन गर्दै उनले पार्टी निर्वाचन आयोगमा दर्ता हुने बताए । ‘केही मिडियामा पार्टी अलमल भएको वा नेतृत्वमा अलमल देखिएको जस्ता समाचार आएका छन् । त्यसमा सत्यता छैन ।’, उनले भने, ‘पार्टी निर्वाचन आयोगमा दर्ता हुन्छ । फागुन २१ गतेको निर्वाचनका लागि निर्णयमा पुग्न बाँकी छ । तर आगामी निर्वाचनमा पार्टी जान्छ ।’ उनले पार्टी एकताका लागि विचार, राजनीति र नेतृत्वको विषय स्पष्ट नभएकाले तत्काल सम्भावना नरहेको बताए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।