सर्लाही – नेपाली कम्युनिस्ट पार्टी सर्लाहीका नेृताहरु नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा प्रवेश गरेका छन् । जिल्ला कोषाध्यक्ष जगदेव कुसवाहासहितका नेताहरु नेकपा परित्याग गरि विप्लव नेतृत्वको माओवादीमा समाहित भएका हुन् ।
उनीहरुलाई नेकपा माओवादी मद्येश प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य अनिल सीले खादा र अविर लगाइदिएर स्वागत गरेका हुन् । कुसवाहको मार्टी परित्यागले माधव–प्रचण्डको पार्टीमा ठूलो धक्का लागेको छ ।
सोमबार बर्दिवासमा भएको १२ औं पार्टी स्थापना दिवस समारोहको अवसलाई कुसवाहलाई पार्टी प्रवेश गराइएको नेकपा माओवादीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
