२० मंसिर २०८२, शनिबार

मधेसमा जनपक्षीय पत्रकारिताका लागि आधारभूत तालिम सुरु

0

बर्दिवास – महाेत्तरीकाे बर्दिवासमा जनपक्षीय पत्रकारिताका लागि आधारभूत तालिम सुरु भएकाे छ । जनप्रचार तथा प्रकाशन प्रा.लि.ले आयोजना गरेको तालिम शुक्रबार बिहानदेखि सुरु भएकाे हाे ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मधेस प्रदेशका इन्चार्ज अनिल सीले तालिमकाे उद्घाटन गर्दै मधेसमा जनपक्षीय पत्रकारिता अभावले सामन्तवाद हावी रहेकाे बताए । उनले मधेसमा विद्यमान सामन्तवादका विरूद्ध कलम चलाउने पत्रकारकाे अभाव रहेकाे बताउँदै याे तालिमले पूर्ति गर्नेमा विश्वास व्यक्त गरे ।
तालिममा नेकपा (माओवादी)का पाेलिटव्युराे सदस्य देवनारायण सी, केन्द्रीय सदस्य तथा सहिद परिवार शिला सीले तालिमकाे शुभकामना दिएका थिए । जनप्रचार तथा प्रकाशन प्रा.लि.का सदस्य प्रकाश डुम्रेकाे अध्यक्षतामा सुरू भएकाे तालिमकाे उद्घाटन कार्यक्रमकाे संचालन जनपत्रकार शाेभराज बरालले गरेका थिए ।
तालिमकाे पहिलाे दिन सुचना प्रविधिकाे विकास, पत्रकारितामा सूचना प्रविधि र उद्घाेषणकाे बारेमा पत्रकार डुम्रे र बरालले प्रशिक्षण दिएका थिए । दुई दर्जन बढी प्रशिक्षार्थी सहभागी तालिम आइतबारसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।