बर्दिवास – जनपक्षीय पत्रकारिताका लागि आधारभूत तालिमकाे दाेस्राे दिन तालिममा सहभागी प्रशिक्षार्थीले नेकपा (माओवादी) काे उत्पादन केन्द्रमा श्रम गरेका छन् । शनिबार कक्षाकै रूपमा प्रशिक्षक, आयाेजक र प्रशिक्षार्थीले नेकपा (माओवादी), मधेस प्रदेशकाे उत्पादन केन्द्रमा रहेकाे भुँइकटर गाेडमेल गरेका हुन् ।
पार्टीले आयाेजना गर्ने विभिन्न बैठक, भेला, सम्मेलन, प्रशिक्षणमा श्रम गर्ने संस्कृति अनुसार शनिबार पनि श्रम गरिएकाे नेकपा (माओवादी) का मधेश प्रदेश इन्चार्ज तथा जनप्रचार तथा प्रकाशन प्रा.लि.ले इन्चार्ज अनिल सीले बताएका छन् ।
१ हजार बढी कटहरको बुट्टा गाेडमेल गरिएकाे बताइएकाे छ । जनप्रचार तथा प्रकाशन प्रा.लि.ले आयोजना गरेको तालिम शुक्रबार बिहानदेखि सुरु भएकाे थियाे ।
दाेस्राे दिन समाचार, समाचारका अवयवहरू, समाचारका सिद्धान्त, समाचारका स्राेतहरूबारे प्रकाश डुम्रे, शाेभराज बराल र राेहित यादवले प्रशिक्षण दिएका थिए । तालिम आइतबारसम्म चल्ने छ ।



