१५ पुष २०८२, मंगलवार

समाजवादी मगर मुक्ति मोर्चा नेपालको बैठक सम्पन्न

0

समाजवादी मगर मुक्ति मोर्चा नेपालको बैठक नवलपुरमा सम्पन्न भएको छ ।
समाजवादी मगर मुक्ति मोर्चा नेपालको यही फागुन १ गते पाचौं राष्ट्रिय सम्मेलन रोल्पा जिल्लाको सदरमुकाम लिबाङमा हुन गइरहेकोले सम्मेलन तयारीको अन्तिम बैठक नवलपुर जिल्लाको ग्राउन्ड रिसोर्टमा सम्पन्न भएको छ ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य सन्जिव सी, केन्द्रिय समितिका सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज जुजारु सी, केन्द्रिय समिति सदस्य बिरकुस ज्वाला सी, मोर्चाको केन्द्रिय समिति अध्यक्ष सुदर्शन सी लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकले आगामी फागुन १ गते हुन गइरहेको समाजवादी मगर मुक्ति मोर्चाको नेपाल राष्ट्रिय सम्मेलन भव्य रुपले सम्पन्न गर्नको लागि सक्रिय रुपले लाग्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।