२४ पुष २०८२, बिहीबार

भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपको नेकपा (माओवादी)द्वारा घोर भत्सर्ना

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपको घोर भत्सर्ना गरेको छ ।
नेकपा (माओवादी)का महासचिव विप्लव सीले शनिबार एक प्रेश विज्ञप्ति जारी गर्दै भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपको घोर भत्सर्ना गरेका हुन् ।
माओवादीले समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ता संचालनकै कारण गरिएको अमेरिकी हमला साम्राज्यवादी– सैन्य हस्तक्षेप भएको दाबी गरेको छ ।
माओवादीले विज्ञप्तिमा भनेको छ ‘अमेरिकाले लागु पदार्थ ओसारपसारको कृतिम आरोप थोपर्दै सार्वभौममुलुक भेनेजुएलामाथि विध्वंसकारी सैन्य हमला गरेको छ । यसले विश्वलाई स्तब्ध बनाएको छ । हामी यो विध्वंसकारी र अतिक्रमणकारी हमलाको घोर भत्सर्ना गर्दछौं ।’
माओवादीले राष्ट्रको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता, प्रतिस्पर्धा र मानवधिकारको ठाडो उलङ्घन गरेको भन्दै अमेरिकाले यथासिघ्र आक्रमण रोकि समस्याको समाधान वार्ता र सहमतिबाट खोज्नु पनि माग गरेको छ ।
माओवादीले विश्व राजनीतिक शक्ति, मानवधिकारवादी र नागरिक समाजले यसका लागि सशक्त पहल गर्न विज्ञप्ति मार्फत आग्रह समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।