५ माघ २०८२, सोमबार

महासचिव विप्लव र संयुक्त जेन जी आन्दोलनका अगुवा मिराज ढुंगानाबिच ४ बुँदे सहमति

0

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव विप्लव सी र संयुक्त जेन जी आन्दोलनका अगुवा मिराज ढुंगानाबीच ४ बुँदे सहमति भएको छ ।
बिहीबार माइतीघरमा ती दुई पक्षबिच सहमति भएको हो । 

नेकपा (माओवादी)का महासचिव विप्लव र अभियन्ता ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा सर्वपक्षिय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने, जेनजी विद्रोहका माग पूरा गर्न संघर्ष गर्ने लगायतका माग समेटिएको छ । 

ढुंगाना नेतृत्वको समूह पछिल्ला दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेको छ ।
सहमतिका बुँदा-

१) सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने

२) आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशाेधन र स्थिर सरकार गठन गर्ने

३) जेनजी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने

४) भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।