काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य पशुराम पौडेल (अजिव सी)लाई निष्काशन गरेको छ । पार्टीको नारायणी, मधेस प्रदेश समितिले उनमा गम्भिर प्रकृतिको राजनीतिक तथा वैचारिक विचलन देखा परेको भन्दै निष्काशन गरेको हो ।
प्रदेश इन्चार्ज अनिल सीद्वारा जारी विज्ञप्तिमा पार्टीका आन्तरिक सूचनाहरु चुहावटसमेत गरेको आरोप लगाउँदै आजकै मितिदेखि लागु हुने गरी केन्द्रीय प्रतिनिधि समिति सदस्य र पार्टी भरतपुर महानगरपालिकाको इञ्चार्जबाट निष्कासित गरिएको उल्लेख छ ।
‘क. पशुराम पौडेल (अजिव) मा गम्भिर प्रकृतिको राजनीतिक तथा वैचारिक विचलन देखा परेको तथा पार्टीका आन्तरिक सूचनाहरु चुहावट गरेको पुष्टि भएकाले आजकै मितिदेखि लागु हुने गरी उहाँलाई केन्द्रीय प्रतिनिधि समिति सदस्य र पार्टी भरतपुर महानगरपालिकाको इञ्चार्जबाट निस्कासन गरिएको व्यहोरा यसै वक्तव्य मार्फत जानकारी गराइन्छ ।’, सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

