बुटवल। नेकपा माओवादी रुपन्देही क्षेत्र नम्बर ५ को निर्वाचन परिचालन कार्यालयको मंगलबार एक कार्यक्रममा बिच सैनामैनामा उद्धाटन गरिएको छ ।
सहिद बेपत्ता परिवार आमा तुल्सा देवी पाण्डेले क्षेत्र नम्बर ५ प्रतिनिधि सभाका उम्मेदवार बिष्णु भट्टराई विश्वास एवं समानुपातिक उम्मेदवार बसन्ती जिसी वर्षालाई चुनाव चिन्ह गुलाफ प्रदान गरी सो कार्यलयको उद्धाटन गरिएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि पार्टीका पोलिटव्युरो सदस्य एवं रुपन्देही इन्चार्ज बसन्त श्रेष्ठले देशको राष्ट्रियता स्वाधीनताको रक्षा एवं जनजीविकाको ग्यारेण्टीका लागी नेकपा माओवादीका उम्मेदवारहरुलाई बिजयी गराउन जरुरी रहेको बताए । उनले पटकपटकका निर्वाचनबाट चुनिएका जनप्रतिनिधि र सरकार देश र जनताप्रति गंभिर नबनेकै कारण देश अहिले इतिहासकै अप्ठ्यारो मोडमा खडा भएको उल्लेख गर्दै जनताले सहि उम्मेवारलाई छनौट गर्न आग्रह गरे ।
भ्रष्टाचारको अन्त्य एवं सुशासनको ग्यारेण्टीका लागी आफ्नो उम्मेदवारी रहेको बताउँदै सो क्षेत्रका उम्मेदवार बिष्णु भट्टराईले जनयुद्ध, एकीकृत जनक्रान्ति र पछिल्लो जेनजी आन्दोलनका मुद्धालाई संस्थागत गर्न पनि आफ्नो चुनाव चिन्ह गुलाफमा मतदान गरी बिजयी गराउन अपिल गरे ।
कार्यक्रम पार्टीका केन्द्रीय सदस्य नाथु थारुको अध्यक्षता एवं केन्द्रीय प्रतिनिधि समियि सदस्य तेजेन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो ।
