काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल (समाजवादी) केन्द्रिय छात्रा विभागले इनिशा विक हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ ।
अखिल (समाजवादी) छात्रा विभागकी प्रमुख तारा सन्ज्यालले एक विज्ञप्ती जारी गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेकी हुन् ।
विज्ञप्तिमा भनिएको छ, -‘सामुहिक बलात्कार जस्तो जघन्य अपराध र हत्यामा संलग्न अपराधीलाई हदै सम्मको कार्वाही गरि परिवारलाई न्याय दिन स्थानिय प्रशासन र सरकारसंग हाम्रो संगठन जोडदार माग गर्दछ । साथै देशभरका छात्राहरुको विशेष सुरक्षा गर्न माग गर्दछ । अन्यथा इनिशा लगायत छात्राहरुको न्यायको निम्ति चरणबद्ध संघर्ष गर्ने चेतवानी दिन चाहन्छु ।’
विज्ञप्तिमा लेखिएको छ, -‘यहि फागुन २३ गते सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ सुर्खेतमा बस्दै आएकी विरेन्द्रनगर ६ सुर्खेत स्थित उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत इनिसा विकलाई सामुहिक बलात्कार गरि विरेन्द्रनगर ४ सुर्खेत स्थित जनजागरण सामुदायिक बनमा फालिएको र केही समयपछि उनको निधन भएको घटनाले हामीलाई आक्रोसित बनाएको छ । यो घटनाले देशभर छात्राहरु कति असुरक्षित छन् भन्ने कुरा प्रष्ट हुन्छ ।’
विज्ञप्तिकाे पूरा पाठ–
हाम्रो संगठन अखिल (समाजवादी) स्थापनाकालदेखि नै न्याय, मुक्ति, अधिकार, स्वतन्त्रता , स्वाधिनता, आमुल रुपान्त्रणको पक्षमा तथा महिला तथा छात्राहरु हुने सबै खाले हिंसा, हत्या, दुर्व्यवहार, विभेदका विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको छ ।
यसै सन्दर्भमा यहि फागुन २३ गते सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ सुर्खेतमा बस्दै आएकी विरेन्द्रनगर ६ सुर्खेत स्थित उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत इनिसा विकलाई सामुहिक बलात्कार गरि विरेन्द्रनगर ४ सुर्खेत स्थित जनजागरण सामुदायिक बनमा फालिएको र केही समयपछि उनको निधन भएको घटनाले हामीलाई आक्रोसित बनाएको छ । यो घटनाले देशभर छात्राहरु कति असुरक्षित छन् भन्ने कुरा प्रष्ट हुन्छ । सामुहिक बलात्कार जस्तो जघन्य अपराध र हत्यामा सम्लग्न अपराधीलाई हदै सम्मको कार्वाही गरि परिवारलाई न्याय दिन स्थानिय प्रशासन र सरकारसंग हाम्रो संगठन जोडदार माग गर्दछ । साथै देशभरका छात्राहरुको विशेष सुरक्षा गर्न माग गर्दछ ।अन्यथा इनिसा लगायत छात्राहरुको न्यायको निम्ति चरणबद्ध संघर्ष गर्ने चेतवानी दिन चाहन्छु ।
तारा सी
प्रमुख
केन्द्रीय छात्रा विभाग अखिल (समाजवादी) केन्द्रीय समिति

