४ फाल्गुन २०८२, सोमबार

अमेरिकी सैन्य परेड सार्वभौमिकता तथा स्वाधीनतामाथिको गम्भीर खेलवाड हो

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएकोमा आपत्ति जनाएको छ । सो पार्टीका
महासचिव विप्लव सीले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली जनता र राजनीतिक दलहरूको सहमति बिना रहस्यमय ढंगले अमेरिकी सेनालाई परेडमा सहभागी गराएर राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथि गम्भीर खेलबाड गर्ने काम भएको बताएका छन् ।

परेड सञ्चालन गर्ने र गराउने दुवै पक्षको घोर भत्र्सना गर्दै सरकारले यस घटनाप्रति आफ्नो धारणा यथासिघ्र सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

साथै देशको स्वाधीनता सङ्कटमा रहेको अवस्थामा यस्ता गतिविधि प्रति सजक रहन र आवश्यक परे प्रतिरोधका लागि तयार रहन आम नेपाली जनतालाई आह्वान गरिएको छ ।

विज्ञप्तिकाे पूरा पाठ–
२०८२ फागुन ३ गतेका दिन नेपाली सेना दिवसको अवसरमा सैन्य मंच काठमाण्डौंमा अमेरिकी सेनाले परेड खेलेको दृश्यले हाम्रो मात्र होइन सारा नेपाली जनताको ध्यान केन्द्रीत गरेको छ । अमेरिकी हस्तक्षेपबारे अनेकौं विवाद चलिरहेको स्थितिमा नेपालका राजनीतिक दल र नेपाली जनताको जानकारी एवं सहमति बिना यसरी रहस्यमय तरिकाले सैन्य परेड खेल्नु र खेलाउनु राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथिको गम्भीर खेलवाड हो । हामी यस्तो घातक कार्य गर्ने गराउने दुवै तत्वको घोर भर्त्सना गर्दछौं । यस घटनाबारे राज्यको धारणा यथासिघ्र सार्वजनिक गर्न माग गर्दछौं । साथै देशको स्वाधीनता दिन प्रतिदिन खतरामा पर्दै गएको सन्दर्भमा यस्ता कार्यप्रति सजक रहन र आवश्यकता अनुरुप प्रतिरोधका निम्ति तयार रहन आम नेपाली जनतालाई विशेष आह्वान गर्दछौं ।’

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।