१३ बैशाख २०८१, बिहीबार

नेपाल बन्दको तयारीमा पाेखरामा मशाल जुलुस सम्पन्न

0

कास्की: नेपाल कम्युनिस्ट पार्टिले चार दलको संयुक्त कम्युनिष्ट मोर्चा गठन गरेर राष्ट्रघाती सम्झौता लगायतका अन्य जनहित विपरीतका मुद्दाहरु समेट्दै आएको सर्बविधितै छ । नेकपाका महासचिव विप्लव लगाएतका नेता कार्यकर्ता माथि झुट्टा मुद्दा लगाई पक्राउ पुर्जी टासेको हुदाँ ३ बुठे सहमति पालना नगरेको भन्दै संयुक्त दलले केन्द्रीय कार्यक्रमहरु अघि सारेको हो ।

उक्त कार्यक्रम अन्तरगत माशाल जुलुस देशकारका हरेक क्षेत्रसँगै कास्कीमा पनि सम्पन्न भएको छ । मशाल जुलुस पोखरा औद्योगिक क्षेत्रमा रहेको नहर चोक बाट सुरु भइ औधोगिक चोकमा पुगि प्रहरीको हस्तक्षेप बिनानै सम्पन्न भएको छ । उक्त मशाल जुलुस कोण सभा मा परिणत भएको थियो ।

सभाको सन्चालन नेपाल कम्युनिष्ट पार्टिको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला सदस्य चन्द्र सेजुवालले गरेका थिए भने नेकपा (माओवादी समाजवादी) पार्टीका तमुवान गण्डकी प्रदेश इन्चार्ज भोजराज त्रिपाठी ले भाद्र ७ गते रहेको नेपाल बन्द कार्यक्रम सबै मिलेर सम्पन्न गर्नुपर्ने भन्दै समापन गर्नभयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।