
अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय समितिको आयोजनामा बिहीबार तिज विशेष अन्तरक्रिया सम्पन्न भएको छ ।
आर आर क्याम्पस काठमाडौंमा भ्याली स्तरिय २०० भन्दा बढी महिलाहरुको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता, बेपत्ता योद्धाका बुवा तथा संविधान सभा सदस्य एकराज भण्डारीको प्रमुख आतिथ्यता तथा ने. क. पा. का केन्द्रिय सदस्य तथा काठमाडौं इन्चार्ज माइला लामा, पार्टी केन्द्रिय सदस्य तथा भक्तपुर इन्चार्ज आस्था, पार्टी केन्द्रिय सदस्य खुमा सुवेदी, केन्द्रिय सदस्य आधार, केन्द्रिय सदस्य आजाद, महान सहिद परिवारहरु, जनक्रान्तिका घाइते योद्धाहरु, जवस, मोर्चाका प्रतिनिधि तथा प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय महासचिव राज कुमारी शाही, संचालन संगठनकी केन्द्रिय कार्यलय सदस्य ज्ञानु तामाङ र स्वागत मन्तव्य संगठनकी केन्द्रिय सदस्य पवित्रा विकले राख्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि एकराज भण्डारी, केन्द्रिय सदस्य द्वय माइला लामा तथा आस्थाले आ-आफ्नो सारगर्भित भनाई राख्नुभएको थियो ।
प्रमुख अतिथि लगाएत अन्य वक्ताहरुले तिजको चर्चा गर्दै महिलाहरुमाथि हुने गरेका सामाजिक, आर्थिक तथा राजनीतिक समस्याको मुख्य कारण दलाल संसदीय व्यवस्था भएको कारण वैज्ञानिक समाजवादी व्यवस्थाको लागि एकीकृत जनक्रान्तिमा लाग्नु पर्ने भनाई राखेका थिए । उक्त कार्यक्रममा सामना परिवारका कलाकारको प्रस्तुतिसँगै उपस्थित महिलाहरुले तिजको गीतमा सामुहिक नृत्य समेत प्रस्तुत गरेका थिए । अन्तमा कार्यक्रमकी अध्यक्ष राज कुमारी शाहीले काठमाडौं उपस्थित प्रमुख अतिथि, अतिथिहरु , कलाकार , पत्रकार लगायत सम्पूर्ण महिला दिदीबहिनीहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।