१५ चैत्र २०८०, बिहीबार

नेकपा दाङद्वारा पार्टीको नवौं महाधिवेशनको प्रचारप्रसार तीव्र

0

दाङ: नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीको नवौं महाधिवेशनको प्रचार कार्यलाई तीव्रता दिएको छ ।

नेकपा दाङले असोज १-८ सम्म काठमाडौंमा सम्पन्न हुन गइरहेको पार्टीको ऐतिहासिक नवौ महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन जिल्लामा प्रचार कार्यलाइ तीव्रता दिएको हो ।                             
पार्टीले जिल्लाभरी भित्तेलेखन, पोस्टरिङ लगायत महाधिवेशन केन्द्रित प्रचारप्रसार कार्यलाई तीव्रता दिएको नेकपाले जनाएको छ ।
यस्तै पार्टीले जिल्लामा सेल कमिटी, वडा कमिटी, गाउँकमिटी, उपमहानगरपालिका कमिटी स्तरीय भेला/सम्मेलनहरु सम्पन्न गरिरहेको जनाइएको छ ।     
नेपाल कम्युनिस्ट पार्टी दाङले उत्साहका साथ नवौं महाधिवेशनलाई उत्सवको रुपमा अगाडि बढाइरहेको छ ।

नेकपा दाङले पार्टीको नवौं जिल्ला सम्मेलन भदौ १९ र २० गते घोराहीमा गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।