१९ बैशाख २०८१, बुधबार

नेकपा धुनिवेशी नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न

0

 

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङ जिल्लाकाे धुनिवेशी नगरपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । धुनिवेशी नगरपालिकाकाे धार्केमा सम्पन्न सम्मेलनले अर्पण तामाङको नेतृत्वमा २१ सदस्यीय नगर कमिटी निर्माण गरेको छ ।

सम्मेलनबाट नवनिर्वाचित कमिटीलाई पार्टीका जिल्ला सेक्रेटरी सृजनले बधाई तथा सफल कार्यकालकाे शुभकामना दिदै पार्टीले दिइएकाे जिम्मेवारी गम्भीर रुपमा ग्रहण गर्न निर्देशन दिएका थिए । सरकारले तीन बुँदे सहमति विपरीत पार्टीका महासचिव लगायत नेता कार्यकतामाथि पक्राउ पुर्जी जारी गरेर देशलाई द्वन्द्वतिर धकेल्न खोजेको भन्दै सचेत भएर कामकारबाही अगाडि बढाउनु पर्ने उनले बताए । धुनिवेशी नगर कमिटीले धुनिवेशी नगरपालिका भित्र भएका विकृति विसङ्गती, अनियमित, भ्रष्टाचार, बेतिथिका विरुद्ध निर्मम भएर लाग्न नवगठित नगर कमिटीलाई निर्देशन दिएका थिए ।

सम्मेलनमा जिल्ला समिति सदस्य चिन्तन र जिल्ला सदस्य माइला गुरुङले स्वागत मन्तव्य र जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनपत्रकार संगठन धादिङका अध्यक्ष सुन्दरले शुभकामना मन्तव्य राखेका थिए । यसैगरी युवा संगठन नेपाल केन्द्रीय सदस्य एवम् धादिङका अध्यक्ष तथा पार्टीका जिल्ला समिति सदस्य अभयले पनि मन्तव्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन अर्पणले गरेका थिए भने अध्यक्षता निवर्तमान नगर सेक्रेटरी मुकेशले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।