१३ बैशाख २०८१, बिहीबार

दलाल संसदीय पूँजीवाद नभई वैज्ञानिक समाजवाद राजनैतिक संकटको निकास हो: रणवीर

0

कालिकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भरत बम `रणवीर´ले दलाल संसदीय पूँजीवाद अहिलेको राजनैतिक निकासको प्रमुख समस्या भएको भन्दै संकटको निकास वैज्ञानिक समाजवाद भएको बताउनु भएको छ ।
नेकपा कालिकोटको चौथों जिल्ला सम्मेलनको र शान्नित्रिवेणीमा बुधबार उद्घाटन गर्दै प्रमुख अतिथि बमले वैज्ञानिक समाजवाद मात्र दलाल पूँजीवादको विकल्प भएको ठोकुवा गर्नु भयो । उहाँले सरकारले तीन बुँदे सहमति कार्यान्वय नगरेर उल्लंघन गरेको भन्दै यदि तीन बुँदे कार्यान्वयन नगरे त्यसले उत्पन्न गर्ने परिणामको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी दिनु भयो ।
कार्यक्रममा नेता बमले विगतमा कालिकोट वर्गसंघर्षको केन्द्र बिन्दु भएको र अहिले पनि वर्ग संघर्षको केन्द्र बिन्दुमै पर्ने भएको भन्दै एकीकृत जनक्रान्तिमा फेरि पनि कालिकोटे जनताको ठूलो योगदान आवश्यक भएको टिप्पणी गर्नु भयो ।
“राष्ट्रियता,आत्मसमर्पणवाद, दलाल संसदीय पूँजीवाद र सामाजिक फासिवाद विरुद्धको हाम्रो अभियान! राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका लागि वैज्ञानिक समाजवाद स्थापनाका लागि चौथों जिल्ला सम्मेलन!!” भन्ने मूल नाराका साथ जिल्ला सम्मेलनको उद्घाटन भएको हो ।
सम्मेलनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिदै नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जुम्ला जिल्ला इन्चार्ज कर्ण भण्डारी `विराट´ले वैज्ञानिक समाजवाद नै अहिलेको संसदीय व्यवस्थाको संकटको निकास भएको जिकिर गर्नु भयो । उहाँले तीन बुँदे कार्यान्वय गर्न सरकारलाई आग्रह गर्नु भयो । यस्तै नेकपाका विशेष समिति सदस्य हिमशिखर, सहिद परिवारबाट राधिका शाही, जनपत्रिका डटकमका व्यवस्थापक धनराज शाही लगायतका अतिथिहरुले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियोे ।
जिल्लाको ९ वटा पालिकाबाट जनता, प्रतिनिधि, पर्यवेक्षकहरु नारा जुलुससहित उद्घाटन सत्रमा सहभागी भएका छन् । सम्मेलनको उद्घाटन सत्रमा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएका थिए ।
जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा उद्घाटन भएको सम्मेलनको स्वागत मन्तव्य धरातलले दिनु भएको थियो भने संचालन शाहसीले गर्नु भएको थियो ।

सम्मेलनको बन्दसत्र भोलीसम्म हुने र नयाँ नेतृत्व निर्वाचित हुने नेकपा कालिकोटले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।