७ बैशाख २०८१, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी सोलुखुम्बु जिल्ला सम्मेलन सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी, सोलुखुम्बु जिल्लाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज शैलेशले कार्यक्रममा बोल्दै देशमा भएको दलाल भ्रष्टाचार,महङगी, कालोबजारी, बलात्कार एमसीसी, एसपीपीको बारेमा आफ्नो पार्टीले आवाज उठाउदा राज्यले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको तीन बुँदे सहमति कार्यन्वयन गर्नुको साटो उल्टै नेपाल कम्युनिस्ट पार्टीको नेताकार्यकर्तालाई पक्राउ पुर्जि जारी गर्नु, बन्दि साथीहरूलाई रिहाई नगर्नु राज्यले देशलाई द्वन्द्वमा धकेल्न खोजेको बताए ।

उनले देशमा यो राज्य व्यवस्था दलालहरुको हातमा भएको कारण जनताले असाध्यै दु:ख झेल्नु परेको बताउँदै यो व्यवस्थालाई जरैबाट उखेलेर फ्याक्नको लागि आफ्नो पार्टी निरन्तर संघर्षमा रहेको जानकारी गराए ।
उनले राज्यले आफ्नो पार्टी विरुद्ध घेराबन्दी हुनु दु:खद रहेको बताउँदै यस्तो रबैयाको डटेर प्रतिवाद गर्न सबै तयार हुनुपर्ने बताउँदै नवनिर्वाचित कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिए ।

उक्त कार्यक्रमको अध्यक्ष ङिमा शेर्पाले गरेका थिए भने संचालन एकराज राईले र स्वागत मन्तव्य पासाङ गुरुङले गरेका थिए । उद्घाटन सत्रमा शुभकामना दिन अतिथिहरु माओवादी केन्द्रबाट नगर इन्चार्ज रक्की, काङ्ग्रेस निकट तरुण दलका निस्चय राई समेतको उपस्तिथि रहेको थियो ।
उक्त सम्मेलनको बन्द सत्रबाट ङिमा शेर्पा सेक्रेटरी रहने गरि १३ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।