४ जेष्ठ २०८१, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी झापाको तेस्रो अधिवेशन सम्पन्न, सचिवमा प्रशान्त थापा

0

झापा: नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला समितिको तेस्रो जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ ।

झापाको विर्तामोडस्थित अग्रसेन भवनमा भएको तेस्रो जिल्ला अधिवेशनले प्रशान्त थापालाई सचिवमा चयन गर्दै २५ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । पुरानो कार्यसमिति विघटन भएसँगै हिजोको अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले प्रशान्त थापालाई सचिवमा चयन गरेको नेकपा झापाले जानकारी दिएको छ ।

पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचित भएका सचिव थापासहित नवनिर्वाचित कमिटीलाई जिल्ला इन्चार्ज सुमन लिम्बूले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण लगत्तै प्रतिबद्धता मन्तव्य राख्दै सचिव थापाले पार्टीको एजेन्डा र उद्देश्यलाई दृढ संकल्प सहित अगाडि बढाउने र कार्यनयन गर्ने उद्घोष गरे । नवनिर्वाचित कमिटीलाई पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपेश राई र पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले खदा र अविर लगाएर बधाई तथा शुभकामना दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।