
कालिकोट: नेपाल कम्युनिष्ट पार्टी कालिकोेटको चौथो जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै बिहीबार सम्पन्न भएको छ । पदम विश्वकर्मा (साहासी) को नेतृत्वमा ३९ सदस्सीय नयाँ जिल्ला समिति निर्वाचित भएको हो ।
“राष्ट्रियता,आत्मसमर्पणवाद, दलाल संसदीय पूँजीवाद र सामाजिक फासिवाद विरुद्धको हाम्रो अभियान, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका लागि वैज्ञानिक समाजवाद स्थापनाका लागि चौथों जिल्ला सम्मेलन” भन्ने मूल नाराका साथ बुधबारबाट जिल्लाको शान्नित्रिवेणीमा सम्मेलन सुरु भएको थियो ।
सम्मेलनले जिल्ला सेक्रेटरीको रुपमा साहासीलाई नयाँ नेतृत्व रुपमा निर्वाचित गरेको छ ।
यसअघि जिल्ला सेक्रेटरी रहनु भएका मनिलाल ऐडी (रणदिप) लाई विदाई गरेको छ । उहाँलाई नयाँ जिम्मेवारी दिने नेकपाले जनाएको छ । जिल्ला सम्मेलनको बिहीबार भएको बन्दसत्रले नयाँ नेतृत्व निर्वाचित गरेको हो ।
नयाँ नेतृत्वलाई नेकपाका केन्द्रीय सदस्य तथा सम्मेलनका प्रमुख अतिथि भरत बम (रणवीर)ले बधाई दिदै एकीकृत जनक्रान्तिको कार्यभार पूरा गर्न नयाँ नेतृत्वलाई शुभकामना दिनु भयो । उहाँले दलाल पूँजीवादी सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति उल्लंघन गरेको भन्दै सरकारलाई सहमति कार्यान्वयन गर्न सबै क्षेत्रले दबाब दिनु पर्ने धारणा राख्नु भयो ।
तीन बुँदे सहमति सरकारले कार्यान्वयन नगरे त्यसको परिणाम नकारात्मक हुने चेतावनी दिर्दै नेता बमले नयाँ नेतृत्वलाई जस्तो सुकै चुनौतिको सामना गर्ने हिक्मत राखेर जिल्लामा एकीकृत जनक्रान्तिको कार्यभार पूरा गर्न शुभकामना दिनु भयो ।
नयाँ निर्वाचित टिमलाई नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जुम्ला जिल्ला इन्चार्ज कर्ण भण्डारी (विराट)ले क्रान्तिको बाँकी अभिभारा पूरा गर्ने गरी अगाडि बढ्न सुझावसहित बधाई दिनु भयो ।
यस्तै जनपत्रिकाका व्यवस्थापक धनराज शाही, विशेष समितिका सदस्य हिमशिखर लगायतका नेताहरुले नयाँ निर्वाचित टिमलाई नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जुम्ला जिल्ला इन्चार्ज कर्ण भण्डारी (विराट)ले क्रान्तिको बाँकी अभिभारा पूरा गर्ने गरी अगाडि बढ्न सुझावसहित बधाई दिनु भयो ।
जिल्लाको ९ वटा पालिकाबाट जनता, प्रतिनिधि, पर्यवेक्षकहरु नारा जुलुससहित उद्घाटन सत्रमा सहभागी भएका छन् । सम्मेलनको उद्घाटन सत्रमा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएका थिए ।