१४ बैशाख २०८१, शुक्रबार

नेकपा कैलालीको सम्मेलनबाट विनाेद बिष्ट सेक्रेटरी रहेको ५५ सदस्यीय समिति निर्वाचित

0

धनगढी: नेपाल कम्युनिष्ट पार्टी कैलालीको छैठाैँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनको बन्द सत्रले विनोद बिष्टलाई सेक्रेटरी चयन गर्दै ५५ सदस्यिय जिल्ला समिति निर्वाचित गरेको छ ।

कैलाली जिल्ला सेक्रेटरी गणेश ढकालको अध्यक्षतामा सम्पन्न सम्मेलनमा पार्टी केन्द्रीय सदस्य बन्धु चन्द प्रमुख अतिथि रहेकी थिइन् भने अन्य अतिथिहरूमा केन्द्रीय सदस्य डबल शाह, कञ्चनपुर सेक्रेटरी प्रकाश मल्ल, विशेष समिति सदस्यहरू केबी बडुवाल, अनुकूल, हरिलाल, किरण, साधारण शाखा सेक्रेटरी क्रान्ति जिल्ला सल्लाहकारहरू छविलाल ओली, देवसिहं नेपाली, सन्तोष विक लगायत रहेका थिए ।

सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बन्धु चन्दले नेपाल र नेपाली जनताको राजनीतिक, सामाजिक एवम आर्थिक रूपान्तरणको माध्यम एकीकृत जनक्रान्ति भएको बताउँदै सम्पूर्ण जनतालाई एकीकृत जनक्रान्तिको झण्डामुनि गोलबन्द हुन आह्वान गरिन् । उनले देशका सबै राजनीतिक शक्तिहरू समाजवादको आवश्यकतामा सहमत भएको देखिए पनि जनअधिकारका निम्ति वैज्ञानिक समाजवाद आवश्यक भएको बताए ।     

सम्मेलनमा कैलाली जिल्ला सेक्रेटरी गणेश ढकालले पेस गरेको जिल्लाको समग्र राजनीतिक प्रतिवेदन सुझावसहित सर्वसम्मत रूपमा पारित भएको थियो ।

सम्मेलनमा नेकपा माओवादी केन्द्र परित्याग गरि लम्किचुहा नगर सदस्य मणिदत्त न्यौपाने, घोडाघोडी नगरपालिकाबाट एलिजन चौधरी, वसन्त धामी, दिपक सुनार, राकेश बोहरा लगायत ७ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।
बन्द सत्रमा पार्टी केन्द्रीय सदस्य डबल शाह, कञ्चनपुर सेक्रेटरी प्रकाश मल्ल, विशेष समिति सदस्य अनुकूल, हरिलाल लगायतले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।