७ बैशाख २०८१, शुक्रबार

नेकपा प्युठानद्वारा गाउँ, नगर सम्मेलनलाई तीव्रता, व्यापक रुपमा जनतामा जान नेता जागृतिकाे निर्देशन

0

प्यूठान: नेपाल कम्युनिस्ट पार्टी प्यूठानले आज जिल्लाकाे विभिन्न पालिकाहरुमा नगर तथा पालिका सम्मेलन सम्पन्न गरेकाे छ ।
जिल्लाकाे स्वर्गद्वारी नगरपालिका र माण्डवी गाँउपालिकामा एकैचाेटी सम्मेलन सम्पन्न गरेकाे हाे । सम्मेलनले माण्डवी गाँउपालिकामा ताेयाराम बाँठा मगर इन्चार्ज र दिपक राना मगर सेक्रेटरी रहेकाे १७ सदस्यीय गाउँ कमिटि निर्माण गरेकाे छ । कार्यक्रममा नवनिर्वाचित गाउँ कमिटिलाई बधाई दिदै नेकपा प्युठानका सेक्रेटरी केशब थापाले नेपालमा दलाल संसदिय व्यवस्था असफल भैसकेकाेले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाकाे लागि एकीकृत जनक्रान्तिकाे विचार र कार्यदिशालाई जनताकाे माझमा व्यापक अन्तरक्रियासहित स्थापित गर्न निर्देशन दिए ।
त्यस्तै कार्यक्रममा नेकपा प्युठानका पूर्व सेक्रेटरी तथा विशेष कमिटि सदस्य माण्डवी गाउँपालिका वडा नं. ४ उदयपुरकाेट जननिर्वाचित वडा अध्यक्ष डिल बहादुर घर्ती (अजय) ले जनताकाे अमुल्य मतबाट आफु वडा अध्यक्षमा निर्वाचित भएकोले पार्टीको आदेश अनुसार जनताकाे निस्वार्थ सेवामा लागि पर्ने बताए । उनले पार्टीका कार्यकर्तालाई जनतामा एकीकृत जनक्रान्तिकाे कार्यदिशा स्थापित गर्दै लैजान अनुराेध गरे । कार्यक्रममा नेकपा प्युठानका सचिवालय सदस्य तथा जिल्ला जनसरकार प्रमुख माण्डवी गा. पा. वडा नं. १ तिरामकाे जननिर्वाचित वडा अध्यक्ष बाम बहादुर बुढा मगर, जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश उपाध्यक्ष राजेन्द्र रावत क्षेत्री, जिल्ला पार्टीका सल्लाहकार कमल बिष्ट लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै नेकपा स्वर्गद्वारी नगरपालिकामा पनि प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले तुकमान खड्का सेक्रेटरी रहेकाे ९ सदस्यीय स्वर्गद्वारी नगर कमिटि निर्माण गरेकाे छ । सम्मेलनमा नेकपा का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज दल बहादुर के. सी. (जागृति) ले नवनिर्वाचित नगर कमिटिलाई बधाई दिदै एकीकृत जनक्रान्तिकाे कार्यदिशामार्फत देशमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाकाे लागि सचेतनामुलक जनजागरण अभियान सन्चालन गर्न निर्देशन दिए । कार्यक्रममा नेकपा प्युठान का सदस्य तथा सहिद परवार विशाल, राष्ट्रिय युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा प्युठानका अध्यक्ष वसन्त लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेकाे नेकपा प्युठानका सचिवालय सदस्य तथा स्वर्गद्वारी नगर इन्चार्ज गिरु प्रसाद भुसाल (परिवर्तन) ले जानकारी दिएका छन् । यहि भदाै २४ गते पाँचौ जिल्ला सम्मेलन सफलताको लागि व्यापक तयारीमा लाग्न जुट्न पनि नेकपा प्युठानले कार्यकर्तालाई अनुराेध गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।