१३ बैशाख २०८१, बिहीबार

नेकपा मकवानपुरको सम्मेलनबाट सुर्य अर्यालको नेतृत्वमा ४५ सदस्यीय समिति निर्वाचित

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । आइतबार रोयल प्यालेस हेटौंडामा भएको सम्मेलनले सुर्य अर्यालको नेतृत्वमा ४५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

भाद्र १९ गते बागमती प्रदेशको राजधानी हेटौंडामा भएको सम्मेलनले सुर्य अर्याललाई जिल्ला सेक्रेटरीमा सर्वसम्मत चयन गरेको हो । सम्मेलनले राम स्याङ्तान, विवेक घलान, सुशीला सिंतान गुण सिंह रुम्बा, ललित घलान, सुर्य बहादुर गोले, रमेश रुम्बा लगायत ४५ सदस्यीय जिल्ला समिति छनौट गरेको हो ।

निवर्तमान सेक्रेटरी राम घलान (वाटर) को अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज सन्देश पौडेल रहेका थिए । त्यस्तै उक्त जिल्ला सम्मेलनमा नेकपा बाराका निवर्तमान जिल्ला सेक्रेटरी भिष्म, नेकपा माले मकवानपुरका जिल्ला उपाध्यक्ष हरिकृष्ण अधिकरी, नागरिक सरोकार समिति मकवानपुरका संयोजक केशव गौतम लगायतको आतिथ्यता रहेको थियो । सम्पूर्ण अतिथिगणले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । 

यसरी भव्यताका साथ सम्पन्न भएको ऐतिहासिक पाँचौ जिल्ला सम्मेलन कार्यक्रमको सन्चालन राम स्याङ्तानले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।