८ बैशाख २०८१, शनिबार

स्मृतिमा वीरजङ्ग पुस्तक सार्वजनिक

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द वीरजङ्गबारे लेखिएको स्मृतिमा वीरजङ्ग पुस्तक एक समारोहबीच काठमाडौंमा सार्वजनिक गरिएको छ ।

शुक्रबार नेकपा प्रवक्ता प्रकाण्डद्वारा सार्वजनिक गरिएको स्मृतिमा वीरजङ्ग स्मृति ग्रन्थ ३ खण्डको छ । उक्त स्मृतिग्रन्थको पहिलो खण्ड (संस्मरण अनुभूति खण्ड) मा ३० जना विभिन्न व्यक्तिहरू जसरी नेता वीरजङ्गलाई नजिकबाट नियालेका व्यक्तिहरूको लेख समेटिएको छ ।

दोश्रो (सृजना खण्ड)मा, नेता वीरजङ्गले लेखेका साँस्कृतिक योद्धाको स्मरण, विभिन्न कारागारको अनुभूति र वीरजङ्गको डायरी समेटिएको छ । त्यस्तै, तेश्रो (तस्बिर खण्ड) मा वीरजङ्गको राजनीतिक यात्रा, पुर्खाैली घर, जेल जीवनका तस्बिर, कारागारबाट छुटेका र राजनीतिक आन्दोलनका विभिन्न तस्बिरहरू समेटिएका छन् ।

चन्द्र बहादुर चन्द वीरजङ्ग स्मृतिग्रन्थ प्रकाशन समिति, काठमाडौंले प्रकाशन गरेको स्मृतिमा वीरजङ्ग पुस्तक २३२ पेजको छ । प्रकाशन समितिमा, सम्पादक अनिल शर्मा, सम्पादक मण्डलमा भेषराज भूसाल, खोमा तारामु मगर र प्रकाश डुम्रे रहेका छन् । सुजल अफसेटप्रेस बागबजारमा छापिएको पुस्तकको मुल्य ३०० रुपैयाँ तोकिएको छ ।

पुस्तक सार्वजनिकीकरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष रिषी कट्टेल, नेकपा वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुतीलगायतले वीरजङ्गप्रति श्रद्धा र स्मरण मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।