१३ बैशाख २०८१, बिहीबार

वैज्ञानिक समाजवादका पक्षमा सामना परिवारको साँस्कृतिक जागरण अभियान तीव्र

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनको पूर्वसन्ध्यामा सामना साँस्कृतिक परिवारले देशका विभिन्न ठाउँमा वैज्ञानिक समाजवादका पक्षमा साँस्कृतिक जागरण अभियान तीव्र पारेको छ ।

सामना परिवारले आफ्नो कला र गलाको माध्यमबाट जनतालाई दलाल पूँजीवादी संसदीय व्यवस्थाको भण्डाफोर गर्दै नेपाललाई एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादमा लैजानुपर्ने चेतना दिएको छ ।

करिब एक महिना बढी समयदेखि संचालन गरिएको अभियानले देशका विभिन्न ठाउँमा करिव ६० हजार जनतालाई कला र संस्कृतिको माध्यमबाट पार्टीको धारणा पुर्याएको सामना परिवारले दावी गरेको छ ।

सामना परिवारले अभियानका क्रममा भक्तपुरको सुर्यविनायक चोक, मध्यपुर थिमी नगरपालिका वडा ४ शंखधर चोक , मध्यपुर नगरपालिका वडा नम्बर ३ गठ्ठाघर, ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर –८ लुभु, ललितपुर महानगरपालिका वडा १२ लगनखेल, बुनपा १० बालुवा खानी काठमाडौ, नयाँ बस पार्क (काठमाडौ), काठमाडौ महानगरपालिका वडा नम्बर १७ ठइटी चोक,.बनेपा नगर पालिका वडा नं ८ दोएपाटो (काभ्रे) मा कार्यक्रम गरेको छ ।

यस्तै भिनपा वडा ६ चरिकोट दोलखा, देवकोटा चोक (रामेछाप), कमलामाई नगरपालिका वडा नम्बर ६ (सिन्धुली), त्रि.न.पा – ११ पिपल चोक गाईघाट (उदयपुर ), इटहरी बजार (सुनसरी, भद्रपुर नगर पालिका चन्द्रगढी (झापा), सु.न.पा १० फिक्कल (ईलाम), इलाम बजार (ईलाम), लहान बजार (सिराहा ), जनकपुर धाम (धनुषा), बर्दिवास बजार (महाेत्तरी), लालबन्दी बजार (सर्लाही), चन्द्रपुर बजार (रौतहट), बिरगंजको घन्टाघर (पर्सा), हेटौंडा बुद्ध चोक (मकवानपुर), भरतपुर (चितवन) र पोखरा बजार पृथ्वी चोक (कास्की ) मा पनि सांस्कृतिक कार्यक्रम गरिएको सामाना परिवारले जनाएको छ ।

अभियानका क्रममा पार्टीको नवौं महाधिवेशन असोज १ गतेबाट काठमाडौँमा हुने भएकाले यसको प्रचार प्रसार गर्नुका साथै महाधिवेशनले नेपाली क्रान्तिको बाँकी कार्यभार पूरा गर्न नयाँ संश्लेषण र विश्लेषण गर्ने पनि जनतासम्म प्रचार गरिएको छ ।

अखिल नेपाल सांस्कृतिक महासंघ अन्तगत केन्द्रिय सामना परिवारले २०७९/४/२९ गतेदेखि ललितपुर जिल्लाको लगनखेलबाट सुरु गरेको सांस्कृतिक अभियान २०७९/५/२८ गते पोखरा महानगरपालिका पृथ्वी चोकसम्म पुगेर कार्यक्रम गरेको छ ।

अभियानले जनतामा नेकपाप्रतिको बुझाईमा थप स्पष्टता ल्याएको र नेपालमा वैज्ञानिक समाजवाद नेकपा भन्दा अरु कुनै पनि पार्टीले ल्याउन नसक्ने बुझाई जनतामा पाईएको अभियान टिमले जनाएको छ । समाजवादका पक्षमा सामना परिवारको देशव्यापी सांस्कृतिक जागरण अभियान तीव्र पारेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।