७ बैशाख २०८१, शुक्रबार

पहिरोमा परि अछाममा २२ जनाको मृत्यु (नामावलीसहित)

0

अछाम: शुक्रबार दिउँसोदेखि परेको अविरल बर्षाका कारण अछाममा जनधनको ठुलो क्षति भएको छ । जिल्लामा बाढी तथा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । भने केही मानिस अझै बेपत्ता रहेका प्रहरीले जनाएको थियो ।

जिल्लाको तुर्माखाद गाउँपालिकामा ९ जना, कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीखादमा ७ जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा ५ जना र ढकारी गाउँपालिकामा १ जना गरी जम्मा २२ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यू हुनेमा ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षीय जानकी शाही, सोही गाउँपालिका का १७ बर्षीय बिमला शाही, ४५ बर्षीय नेत्र शाही, ३६ बर्षीय मनिषा शाही, १७ बर्षीय कल्पना शाही, १३ बर्षीय सुन्दर शाही, १ बर्षीय मेनिका शाही, ३ बर्षीय कल्पना शाही, २१ बर्षीय भावना शाही रहेको छन् ।

यस्तै कमलबजार नगरपालिका ६ बस्ने ३० बर्षीय अमृता कामी, १७ बर्षीय समिता कामी, २१ बर्षीय अर्धना कामी, ९ बर्षीय निखिल कामी, ३६ बर्षीय मैनकला कामी, १५ बर्षीय गिता कामी, १२ बर्षीय सिरु कामी रहेको प्रहरीले बताएको छ । यस्तै कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने २६ बर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, ६ बर्षीय डिग्रा दमाई, ३ बर्षीय कलु दमाई, ४ बर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । पहिरोमा परेर ११ जना घाइते छन् ।

२२ जनाको शव भेटिँदा केही अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको थियो । अहिले मानवीय क्षतिको विवरण संकलन गरीरहेको र शनाखतको काम जारी रहेको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताउनु भयो ।

बाढी तथा पहिरोमा घाइते भएका ११ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको पनि बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।