७ बैशाख २०८१, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी ट्रेड युनियन साधारण शाखाको दोश्रो सम्मेलन भब्यतापुर्बक सम्पन्न

0

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी निकट ट्रेड युनियन साधारण साखाको दोश्रो सम्मेलन कमरेड स्याम को नेतृत्वमा ३१ सदस्यीय सधारण शाखाको निर्वाचित गर्दै रास्ट्रीय नाचघर, जमलमा सम्पन्न गरेको छ ।

उद्घाटन कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमरेड अनिलको प्रमुख आथित्यतामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अथिति अनिलले मजदुरहरु आफ्ना अधिकार प्रप्तिका लागी एकटावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

जव सम्म मजदुर एकटा हुन सकिदैन तवसम्म हेपिनु पर्ने र दमनमा वस्नुपर्ने भएकोले एकिकृत जनक्रान्तिमा गोलवन्द हुुन पर्ने वताउनु भएको छ ।  दलाल पुँजीवादको अन्त नगरी मजदुरहरुले मुक्त हुुन नसक्ने दावी गर्नु भएको थियो ।

अर्का अथिति नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जवसका फ्रयाक्शन ईन्चार्ज कमरेड मिलनले वर्गिए आन्दोलनमा मजदुरहरुको महत्वपुर्ण योगदान र भुमिका रहने भएकोले श्रमजीवीहरु सशक्त, संगठित भएर लाग्न निर्देशन दिनुभयो । नेपालमा शुरुवात गरिएको एकिकृत जनक्रान्तिले विश्व सर्वहारा श्रमजीवी वर्गको आशाको वाटो वन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कमरेड रत्न मग, कमरेड देब, कमरेड ललित, कमरेड बिधुसी, कमरेड राजकुमारी लगाएतको आथित्यता रहेको थियो । कमरेड स्यामको अध्यक्षता, कमरेड डिल्लीको स्वागत मनतव्य र कमरेड अनुपको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।