१४ बैशाख २०८१, शुक्रबार

आठौ महाधिवेशनका सँश्लेषण र त्यसको प्रयोग

पछिल्लो पटक कञ्चन–सुर्दशनको सँगठनात्मक अवसरवादको पनि पताक्षेप भएकोछ । आफ्ना नीजी स्वार्थ र पद–प्रतिष्ठाको प्राप्तीका लागी सँगठनात्मक अवसरवादले के र कसरी अराजनीतिक गतिविधी गर्नपुग्दछ भन्ने कुरा कञ्चन/सुदर्शन गुटको व्यावहारले स्पष्ट गर्दछ ।

0

भूमिका:  
हम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी यतिखेर नवौ महाधिवेशनको तयारीमा जुटीरहेकोछ । आठौ महाधिवेशन सम्पन्न भएको साढे पाँच वर्षहरु राष्ट्रिय–अन्तराष्ट्रिय परिस्थितीमा केहि महत्वपुर्ण परिवर्तनहरु भएकाछन । पार्टी द्धारा नेतृत्व गरिएको वर्गसँघर्ष तथा अन्तरपार्टी सँघर्षमा पनि केहि नयाँ क्रमभँगहरु भएकाछन । यी राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थीतिमा जे परिवर्तनहरु देखिएकाछन त्यसले हाम्रो पार्टीको आठौ महाधिवेशनका अनुमान र सँश्लेषणहरुलाई सहि सावीत गरेकोछ । यो सानो आलेखमा वर्तमान परिस्थीति, आठौ महाधिवेशनका सँश्लेषणहरु तिनको कार्यान्वयन र सँश्लेषित विचारको विकासका वारेमा सँक्षिप्त चर्चा गर्ने कोशिस गरिएकोछ ।

१) वर्तमान परिस्थीति वारे:
लामो समय देखि कायम रहेको एकध्रुविय विश्व व्यावस्था आज वहुध्रुवमा विकास हुदै अन्तरसाम्राज्यवादी अन्तरविरोधमा चरम रुपमा व्यक्त भएकोछ । एकातिर अमेरिका, वेलायत, फ्रान्स, जर्मनी, इजरायल जस्ता मुलुकहरु आफनो साम्राज्यवादी वर्चस्व कायम राख्न जोर जुलुमका साथ लागी रहेकाछन भने अर्कोतर्फ रुस, चीन, कोरिया, इरान लगायतका शक्तिशााली मुलुकहरु विपरित ध्रुवको नेतृत्व गरिरहेकाछन । रशिया/युक्रेन युद्ध रुपमा देखिए पनि सारमा त्यो नाटो, अमेरीका, युरोप र रशिया विचको युद्धहो । किनकि नााटो, अमेरीका र युरोपेली मुलुकहरुले युक्रेन लाई आधुनिक प्रविधि सहितको सैन्य सहयोग गरिरहेकाछन । उता चीन/ताईवान अनर्तविरोध पनि चरम विन्दुमा पुगेकोछ । अमेरीकी उक्साहटका कारण त्यहा पनि युद्ध नजिक पुगेकोछ । पुर्र्वी एशियामा उतर कोरिया/दक्षिण कोरिया र जापान वीचको तनाव, तथा टर्कि/शिरिया, इजरायल/इरान वीचका तनावहरु विकसित हुदै गैरहेकाछन । केहि महिना अघि इरानका रेभुलेश्नरी गार्डका कमाण्डर सुलेमानीको अमेरीका द्धसेनाको ड्रोन हमला पर्रि मृत्यु गभएकोछ । यी सवै अन्तरसाम्राज्यवादी अन्तरविरोधले तेस्रो विश्वयुद्धको सँभावनालाई नजिक तानीरहेकोछ । पुजीवादी विश्व व्यावस्थाको अनिवार्य परिणामका वारेमा देखा पर्ने धनि र गरिव वीचको खाडल व्यापक रुपमा वृद्धि भईरहेकोछ । यता देशमा पनि दलाल सँसदिय व्यावस्था र श्रमिक जनता विचको अन्र्तविरोध तिव्र वनेर गईरहेकोछ । राष्ट्रिय क्रृण, व्यापार घाटा सर्वाृधिक उचाईमा पुगेकोछ । भ्रष्टाचार, कालावजारी, तस्करी, सामाजीक विकृति र विसँगति अनियन्त्रीत रुपमा विकास भैरहेकाछन । शिक्षा, स्वास्थ्यको क्षेत्रमा माफियाकरण, वेरोजगार श्रमशक्तिको वढोतरी, वैदेशिक हस्तक्षेप अन्र्तगत एमसिसी, एसपिपी सँझौता थोपरिनु आदी आजको राष्ट्रिय परिस्थितीका तथ्यहरु हुन । यी समस्याहरु आजमात्र विकसित भएका होइनन वरु ती निकै पहिला देखि विधमान समस्याहरु हुन जो केवल आज सम्म आउदा केवल वृद्धि मात्र भैरहेकाछन । हाम्रो पार्टीले वर्तमानमा विकसित भईरहेका यी तमाम समस्याको समाधान वैज्ञानिक समाजवादी सताको स्थापना वाट मात्र हुने निष्कर्षका साथ आफना विचार, कार्यदिशा, कार्यनीति, कार्यक्रमहरु विकसित गर्दै अगाडी वढिरहेकोछ । पार्टी द्धारा अगाडी सारीएका ती विचार,कार्यदिशा,कार्यनीति, कार्यक्रमहरुको कार्यान्वयनका सन्दर्भमा आठौ महाधिवेशन यता सम्पन्न गरिएका कामहरुलाई सँक्षिप्त रुपमा निम्नानुसार अध्यन गर्नु तथ्यपरक र वस्तुवादी हुनेछ ।

२) मालेमावादी विचार/कार्यदिशाको नयाँ सँश्लेषण:
हाम्रो पार्टीले मालेमावादी विज्ञानको विकासको अभावमा वैज्ञानिक समाजवादी/साम्यवादी क्रान्तिको विजय र रक्षा हुन नसक्ने निष्कर्षका साथ पार्टीको पुर्णगठन यता छलफल गर्दै आठौ महाधिवेशन वाट नयाँ विचारहरु अगाडी सारेकोछ। जस्तोकि

दर्शनको क्षेत्रमा:
क) विकसित वस्तुको रक्षा, प्रयोग र विकास, ख) सवर्गिय विचको एकता र सँघर्ष, ग) प्रकृति विज्ञानमा भएका विकासहरुको दार्शनीकिकरण ।

अर्थशास्त्रको क्षेत्रमा:
क) दलाल पुजीवाद र नेपाली जनता विचको प्रधान अन्र्तविरोध, ख) साम्राज्यवादको उतर साम्राज्यवादमा विकास भएको निष्कर्ष, ग) कम्युनिष्ट अर्थप्रणली ।

वैज्ञानिक समाजवाद:
क) नेपाली क्रान्तिको कार्यदिशा एकिकृत जनक्रान्ति, ख) एकिकृत जनक्रान्ति मार्फत स्थापना हुने सता वैज्ञानिक समाजवाद, ग) कम्युनिष्ट पार्टीवारे ।
क) विचार/कार्यदिशा सँश्लेषणको पृष्ठभूमि:
पुजीवादी विकासको भूमण्डलीकृत स्वरुप, क्रान्ति र प्रतिक्रान्तिका महत्वपुर्ण शिक्षाहरु, भूमण्डलीकृत पुँजीवाद द्धारा कम्युनिष्ट पार्टी र समाजवादी सताका विरुद्ध विकास गरिएको विचार,कम्युनिष्ट अर्थराजनीति, तथा सँगठनको निर्माण र प्रयोग, जनयुद्धका नेतृत्वहरुमा देखा परेको अकल्पनिय धोका र गद्धारी ।
ख) विचार/कार्यदिशा सँश्लेषणको उद्धेश्य:
वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न, वैज्ञानिक समाजवादी सताको रक्षा र विकास गर्दै सिँगो मानव जातीलाई वैज्ञानिक साम्यवादमा पुरयाउन, भूमण्डलीकृत पुँजीवादको विरुद्ध सँघर्ष गर्न र विजय हासील गर्न, सवै खाले छदम अवसरवादी कम्युनिष्टका विरुद्ध सँघर्ष गर्दै कम्युनिष्ट विचारको श्रेष्ठता कायम गर्न,
ग) विचार/कायदिशा का विशेषताहरु:
नगर समाजको विकास,नयाँ श्रमिक वर्गको उदय, विज्ञान/प्रविधिको विकास, नेपाली समाजको वनोट, देशभक्ति शक्तिको प्रभाव, भूपरिवेष्ठित मुलुक, दलाल पुँजीवाद र नेपाली जनता विचको अन्तरविरोध ।
घ) विचार/कार्यदिशाको गर्भधारण र जन्म:
विसँ २०६५÷६६ देखि पार्टीमा देखा परेका तमाम सम्स्याहरु विरुद्धको सँघर्षमा गर्भधारण, विसँ २०६९÷७० तिर आकार ग्रहण,२०७१ पौषमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलन द्धारा यसको जन्म, विसँ २०७३ को आठौ राष्ट्रिय महाधिवेशन वाट सु–स्पष्ट यात्रा ।
ङ) विचार/कार्यदिशाको प्रयोगको स्वरुप:
गाँउ र शहरलाई एकिकृत गर्ने, श्रमिक वर्ग– र राष्ट्रिय पुजीपति वर्गलाई एकिकृत गर्ने, कम्युनिष्ट पार्टी र राष्ट्रवादी शक्तिलाई एकिकृत गर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थीतिलाई एकिकृत गर्ने, वैधानिक र अवैधानिक कामलाई एकिकृत गर्ने, इतिहासका शिक्षा र वर्तमानका यथार्थहरुलाई एकिकृत गर्ने, पार्टी र जनतालाई एकिकृत गर्ने ।

च) विचार/कार्यदिशाको प्रयोगको श्रृङखला:
वैदेशिक हस्तक्षेप र सँसदिय व्यावस्थाको भण्डाफोर र जनसँघर्ष–विसँ २०७३—२०७५, वैदेशिक हस्तक्षेप, सँसदिय व्यावस्थाको भण्डाफोर र जनप्रतिरोध विसँ २०७५—२०७७, वैदेशिक हस्तक्षेप, सँसदिय व्यावस्थाको भण्डाफोर, जनसँघर्ष तथा जनपरिचालन विसँ २०७७ देखी हाल सम्म । यस विचमा पार्टीद्धारा आयोजीत राजनैतिक/वैचारिक काम, सँगठनात्मक काम, आर्थिक/उत्पादनका काम, राष्ट्रिय स्वाधिनता तथा भ्रष्टाचार, महँगी, करछली, सामाजीक विकृति र विसँगतिका विरुद्ध सँघर्ष, साँस्कृतिक अभियान लगायतका विभिन्न विभागीय कामहरु सम्पन्न गरिएकाछन ।
नयाँ विचार/कार्यदिशाको सँश्लेषण र त्यसको प्रयोग वाट अतालिएका साम्राज्यवादी तथा दलाल सँसदिय व्यावस्थाका मतियार हरुमा ठुलो आतँक सिर्जना मात्र भएन वरु यसले वैज्ञानिक समाजवादी/साम्यवादी क्रान्तिको महान विजय अभियान लाई अगाडी वढाउने कुरा निश्चीत प्राय देखिएपछि हामी माथि कथित प्रतिवन्ध सहित दमन अभियान सँचालन गरे जसलाई पार्टीको नेतृत्व र आम जनताको सहभागीतामा निष्काम तुल्याईयो ।

३) कथित प्रतिवन्ध, प्रतिरोध र ३वुँदे सहमति:
आठौ महाधिवेशन वाट माथि उल्लेखित विचार/कार्यदिशाको सँश्लेषण र तीनको प्रयोग वाट अतालिएका साम्राज्यवादी हरुको योजना र निर्देशनमा आफुलाई कम्युनिष्ट पार्टी वताउने सकमाजीक फासीवादी केपी ओली नेतृत्वको सरकारले हाम्रो पार्टीका विरुद्ध कथित प्रतिवन्धको घोषणा गरयो । राजा ज्ञानेन्द्रको सँकटकाल विर्साउने कथित प्रतिवन्ध र दमन अभियान को हाम्रो पार्टीले डटेर मुकाविला गरयो । राज्यका तीन वटै सुरक्षा सँयन्त्रको एकिकृत परिचाल र राज्य आतँक,विभिन्न ऐन–नियमहरुको निर्माण र तीनको कार्यान्वयन सहित यस्तो उर्दि जारी गरियोकि–नेकपा लाई एक महिनाको समयसिमा भित्र पुर्णत निष्तेज गरिनेछ । नेकपा र यसका नेता/कार्यकर्तालाई सहयोग गर्ने व्यक्ति तथा सँस्थाहरुलाई प्रहरीले विना पुर्जी छ महिना सम्म हिराशतमा राखेर अनुसन्धान गर्न पाउनेछ आदी । यस विचमा सर्लाही जिल्लाका सेक्रेटरी कमरेड कुमार पौडेल लाई गिरफतार गरि कथित इन्काउन्टरको नाममा यातना सहित गोली हानेर हत्या गरियो । भोजपुर सदरमुकाममा सोलु जिल्लाका सेक्रेटरी कमरेड नीरकुमार राईलाई गोली हानेर हत्या गरियो भने सोहि जिल्लाको मा युवा सँगठन नेपालका जिल्ला अध्यक्ष तिर्थ राईलाई गिरफतार गरि यातना सहित हत्या गरियो । यस विचमा केन्द्रिय तह देखि स्थानिय तहसम्म गरि वाईस सय भन्दा वढि नेता/कार्यकर्ता हरुलाई गिरफतार गरियो । इतिहास देखि वर्तमान सम्मका घटनाक्रमहरुले सावीत गरेकोछकि राजनैतिक विज्ञानलाई दमन वाट निष्तेज पार्न सकिदैन । राजाको सँकटकालका विरुद्धमा आगो ओकेल्दै निष्तेज पारेका हाम्रो अगाडी केपी नेतृत्वको सामाजीक फासीवादी सरकारको प्रतिवन्ध केहि समय त रहला तर यो लामो समय जादैन भनेर हाम्रो पार्टीले गरेको अनुमान सहि सावित हुन गयो । कथित प्रतिवन्धको पक्ष र विपक्ष गरि देश दुई भागमा विभक्त हुन पुग्यो । नागरिक समाज, वौद्धिक वर्ग, व्यापारी, नेपाली सेना तथा प्रहरुीहरुका भूतपुर्व कमाण्डरहरु हुदै विभिन्न राजनैतिक दल अझ त्यसमा पनि सरकारमा सहभागी भएका दलका नेता/कार्यकर्ताहरुले पनि कथित प्रतिवन्धको विरोध गरे । अन्तत प्रतिवन्धको दुई वर्ष पछि केपी ओली नेतृत्व सरकारको वाध्यता र आवश्यकता तथा हाम्रो पार्टीको सचेतता र आवश्यकता को पृष्ठभूमिमा तीनवुदे सहमति हुन पुग्यो । देश भित्र सँघर्षरत पक्षहरुको विचमा कुनै वैदेशिक मध्यस्थता विना नै छलफल र सहमति हुनु एक किसिमले सकारात्मक पक्ष हो भने सहमति को हस्ताक्षर सरकार र वर्तमान सरकार तीनवुदे सहमति कार्यान्वयनको सवालमा उदासीन मात्र होईन मुल नेतृत्व सहित थुप्रै नेता/कार्यकर्ताको नाममा पक्राउपुर्जी जारी गर्दै सहमतिको उलँघन गर्न पुगेकोछ । यस विषय लाई गम्भिर चासोको रुपमा लिदै आगामी दिनमा सँघर्षको मैदान वाट यसको फैसला गर्न हाम्रो पार्टी प्रतिवद्ध रहेकोछ ।

४) पार्टीकोशुद्धिकरण, अवसरवादीहरुको वर्हिगमन:
कम्युनिष्ट पार्टी त्यसमा पनि वल प्रयोगद्धारा राज्यसताको समस्या समाधान गर्ने माक्र्सवादी सिद्धान्त वर्देशित हाम्रो पार्टीमा निरन्तर शुद्धिकरणको आवश्यकता पर्दछ । आठौ महाधिवेशन यता करिव तीन दर्जन केन्द्रिय तहका नेताहरु पार्टीको क्रान्तिकारी विचार वाट पलायन हुदै अन्तत सँसदिय व्यावस्थाका सामु आत्मसमर्पन गर्ने नेताकै टाङमुनि छिर्न पुगेकाछन । उनिहरु विभिन्न वाहना वाजी गर्दै पार्टीवाट वर्हिगमन हुन पुगेकाछन । वास्तवमा यो पार्टीमा रहेका अवसरवादीहरुको अस्तित्वको समाप्त हुनु हो । पार्टीका नयाँ सँश्लेषणहरु, पार्टीले सँचालन गरेको राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्वन्धि सँघर्षहरु, पार्टी अनुशासन, गोपनियता र जनवादी–केन्द्रियताको मुल मर्मका विपरित रहेका गलत प्रवृतिहरु विरुद्धको शुद्धिकरण अभियानका शिलशिलामा पार्टी वाट केहि मानीसहरु वाहीर जानुलाई धेरै अन्यथा मान्न सकिदैन । भर्खरै गएको वैशाखमा सम्पन्न स्थानिय निर्वाचन उपयोगको सन्दर्भमा कञ्चन–सुदर्शन सहित ११ जना (त्यसमा ६ जना वैकल्पीक केन्द्रिय सदस्य) केन्द्रिय सदस्यहरुले वहुमत नामको कम्युनिष्ट पार्टी घोषणा गर्न पुगेकाछन । चुनावको नितान्त कार्यनैतिक विषयलाई लिएर पार्टी र नेतृत्वका विरुद्ध हद दर्जाको तथानाम गर्दै पार्टी वाट वर्हिगमन हुनु भनेको आफनै सँश्लेषण, देश–जनता पार्टी–क्रान्ति प्रतिको गद्धारी सिवाय केहि हुनसक्दैन जसको हिसाव मिलान भविष्यले अवश्य गर्नेछ । ६७ जनाको तत्कालीन केन्द्रिय समितीमा ११ जना ले पार्टी छोडनु र त्यसलाई वहुमत भन्नु गणित विज्ञानले त मान्दैन नै कुनै पनि विज्ञान वाट सावीत हुन सक्दैन । कुनै पनि विज्ञान वाट सावीत हुननसक्ने भनेको केवल राजनैतिक उताउलोपना मात्र हो । राजनैतिक विज्ञानमा देखापर्ने उताउलोपना क्षनिक समय त टिक्न सक्ला तर यो लामो समय भने जान सक्दैन । जुन उनिहरु द्धारा किरणको नेतृत्वमा रहेको पार्टी सँगको एकताका लागी निर्माण गरिएको एकता सँयोजन समितीको निर्णयले स्पष्ट गर्दछ । त्यो पनि अर्को उताउलोपना नै हुनेछ किनकि ८ वर्ष पहिले तिनै किरणले क्रान्ति गर्न नसक्ने भन्दै उनको नेतृत्वको विरुद्ध सँघर्ष गर्दै यो पार्टी पुणगठन गरिएको थियो । सायद एउटा सच्चा कम्युनिष्ट पार्टी यसरी नै सवै खाले समस्याहरु सँग झेलेर मात्र वन्ने गर्दछ । इतिहास देखि वर्तमान सम्मका घटनाक्रमहरुले यहि तथ्यलाई स्पष्ट गर्दछ । सोभियत सँघको कम्युनिष्ट पार्टीका नेता कमरेड स्टालिन ले नयाँ ढँगको कम्युनिष्ट पार्टी अर्थात लेनिनवादी कम्युनिष्ट पार्टी निर्माणको सन्दर्भमा भन्नु भएकोछ–“अवसरवाद लाई निकाले पछि पार्टी वलियो वन्छ ।” त्यस्तै पार्टी निर्माण वारे पेरु कम्युनिष्ट पार्टी (साईनिङ पाथ) का अध्यक्ष कमरेड गोञ्जालोले कम्युनिष्ट पार्टी निर्माणको एउटा शर्त “नेतृत्वलाई खार्नु” भन्नु भएकोछ, त्यसको तात्पर्य नेताहरु केवल शास्त्रीय हुनु हुदैन उनिहरु जनयुद्धमा भौतिक रुपले सहभागी हुनु पर्दछ र आफुलाई खार्नु पर्दछ भन्ने हो । नेताहरु केवल सिद्धान्तको मात्र कुरा गर्ने तर व्यावहारीक रुपमा सँघर्षमा सहभागी नहुनुको परिणाम प्रचण्ड–वावुराम प्रवृतिको जन्म दिनुहो । हामीले वर्ग सँघर्षमा ठीक यहिनेर गर्न चाहेको चेक तथा नयाँ ढँगको कम्युनिष्ट पार्टी निर्माण र नयाँ विचार/कार्यदिशाको सँश्लेषणको उचाईलाई पकडनका लागी गरिएको शुद्धिकरणकै परिणाम स्वरुप पार्टी वाट केहि अवसरवादी हरु पलायन भएकाछन । यसलाई हामीले अन्यथा लिनु हुदैन । वरु यसले क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई वलियो वनाउन मद्धत गर्नेछ ।

५) नवौ महाधिवेशन र नयाँ विचारको विकास:
हाम्रो पार्टीले आठौ महाधिवेशन वाट सँश्लेषण गरेको नयाँ विचारलाई नवौ महाधिवेशन वाट विकसित गर्ने उद्धेश्य अगाडी सारेकोछ । नवौ महाधिवेशनको प्रस्तावित राजनैतिक प्रतिवेदनको मुल नारा–“ऐतिहासीक नवौ महाधिवेशनलाई भव्यरुपले सफल पारौ । एकिकृत जनक्रान्तिको विचारलाई नयाँ उचाईमा विकास गरौ ।।” रहेकोछ । नवौ पार्टी महाधिवेशन का लागी प्रस्तावित नयाँ विेचार विकासको मुल अन्र्तवस्तुहरु वारे भिन्नै चर्चा गरिनेछ । यहाँ त्यसको आवश्यकता र केहि महत्वपुर्ण पहलुहरु वारे सँक्षेपमा अध्यन गरौ :

क) इतिहासका महत्वपुर्ण शिक्षा र अनुभवहरु:

आज कम्युनिष्ट घोषणा पत्रको प्रकाशन भएको १७४ वर्ष र नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष वितेकोछ । यस अवधिमा विश्व र नेपालको राजनैतिक, आर्थिक, सामाजीक, साँस्कृतिक क्षेत्रहरुमा गुणात्मक परिवर्तनहरु भएकाछन भने प्रकृति विज्ञानमा पनि युगान्तकारी अनुसनधानहरु भईरहेकाछन । यस विचमा कम्युनिष्ट पार्टीको अगुवाईमा महान समाजवादी/साम्यवादी क्रान्तिहरु र ती महान क्रान्तिहरु प्रतिक्रान्तिमा वदलिएकाछन । त्यसका पछाडी मुलत अर्थराजनैतिक सम्वन्ध प्रधान रहन गएको कुरा नै यथार्थ हो । लामो समय कम्युनिष्ट आन्दोलनमा योगदान गरेका अझ लामो समय प्रत्यक्ष रुपमा राष्ट्रिय मुक्ति आन्दोलन र वर्गिय मुक्ति आन्दोलनमा नेतृत्व गरेका नेताहरुमा किन गैर कम्युनिष्ट अर्थात पुजीवादी विचारको आगमन हुन्छत ? त्यसको समाधानमा पछिल्ला पुष्ताका कम्युनिष्ट नेताहरुले कम्युनिष्ट पार्टीमा आगमन हुने पुजीवादी विचारलाई रोक्नका लागी महत्वपुर्ण सँश्लेषण र त्यसको प्रयोग पनि गरे तरपनि सो समस्या किन समाधान हुन सकेन ? सन ७० को दशक यता सँसारमा समाजवादी–साम्यवादी क्रान्तिहरु किन सफल हुन सकिरहेका छैनन ? यी यस्ता यक्ष प्रश्नहरु हुन जसको समाधान नगरिकन समाजवादी–साम्यवादी क्रान्तिको सँभावना रहदैन । यो अवस्थामा मालेमावादी विज्ञानको खोज, अध्यन–अनुसन्धान र विकास गर्नु क्रान्तिकारी कम्युनिष्ट नेताहरुको अहँ दायीत्व हुन गएकोछ । द्धण्दात्मक भौतिक वादको अन्त्य भयो, वस्तुको लोप भयो, माक्र्सवाद अर्थात समाजवाद–साम्यवादको औचित्य समाप्त भयो भन्दै कम्युनिष्ट विचारका विरुद्ध तथानाम गरिरहेका पुजीवादी थिङटयाँकहरुलाई माक्र्सवाद अर्थात समाजवाद/साम्यवाद मानव जीवनका लागी आवश्यक र सँभवछ भन्ने कुरा प्रमाणित गर्न मालेमावादी विज्ञानको विकास अपरिहार्य वनेकोछ ।

ख) वर्ग सँघर्ष र अन्र्तपार्टी सँघर्षका शिक्षा र अनुभवहरु:

वर्तमान मानव समाज हजारौ वर्षको वर्ग सँघर्षको उपज हो । कम्युनिष्ट घोषणा पत्र प्रकाशन पुर्वको विभिन्न सँघर्षहरु, वर्ग सँघर्षहरु त्यस पछिका वर्ग सँघर्षहरु मुख्यत पेरीस कम्युन देखि चिनियाँ महान सर्वहारा साँस्कृतिक क्रान्ति सम्मको लामो श्रृङखला का वर्ग सँघर्ष तथा अन्तरपार्टी सँघर्षहरु हाम्रा महत्वपुर्ण शिक्षाहरु हुन । त्यसै गरि वहुदल आगमन पुर्वको नेपाली कम्युनिष्ट आन्दोलन जस अन्तरगत वर्गसँघर्ष र अन्तरपार्टी सँघर्षका तमाम श्रृङखलाहरु त्यहाँ पनि हामीले लिनुपर्ने कैयौ महत्वपुर्ण शिक्षाहरु रहेकाछन । त्यसै गरि वहुदलिय व्यावस्थाको आगमन यताको ग्रामिण वर्गसँघर्ष, जनयुद्ध र त्यस यताका सम्पुर्ण राजनैतिक घटनाक्रमहरु हम्रा महत्वपुर्ण शिक्षा र अनुभवले भरिएकाछन । पार्टी पुणगठन पछि हामीले सँचालन गरेका वर्गसघर्ष तथा अन्तरपार्टी सँघर्षहरुका महत्वपुर्ण अनुभवहरु हासील भएकाछन । इतिहास देखि वर्तमान सम्मका तमाम प्रकारका वर्गसँघर्ष र अन्तरपार्टी सँघर्षहरुका शिक्षा तथा अनुभवहरुलाई हेर्दा यो निष्कर्षमा पुग्न सकिन्छकि आजको अवस्था र आवश्यकताको दृष्टिले ती अपुर्णछन र तिनको विकास अपरिहार्य वन्न गएकोछ ।

ग) सँगठनात्मक अवसरवाद विरुद्धको सँघर्ष र विजय:

हामीले माओवादी धारा भित्र सँचालन गरिएका अन्र्तपार्टी सँघर्षमा जहिले पनि सँगठनात्मक अवसरवादका विरुद्ध विजय हासीलगर्दै आईरहेका छौ । प्रचण्ड–वावुरामको सँगठनात्मक अवसरवाद जो राजनैतिक/वैचारीक रुपले आत्मसमर्पनवाद र विर्सजनवादको अभिव्यक्ति थियो । उनिहरु आफनो वर्ग र वर्गिय प्रतिवद्धतालाई छोडेर सँसदिय व्यावस्थाको सेवा–सुविधामा लिप्ट हुन पुगे । त्यसलाई विभिन्न रुपमा व्याख्या गरेपनि सारत त्यो सँगठनात्मक अवसरवादकै परिणाम हो जो आज व्यक्तिगत सेवा–सुविधा र परिवारवादमा व्यक्त भईरहेकोछ र राजनैतिक कभरमा कमाउ धण्दामा व्यक्त भईरहेकोछ । पछिल्लो पटक कञ्चन/सुर्दशनको सँगठनात्मक अवसरवादको पनि पताक्षेप भएकोछ । आफना नीजी स्वार्थ र पद–प्रतिष्ठाको प्राप्तीका लागी सँगठनात्मक अवसरवादले के र कसरी अराजनीतिक गतिविधी गर्नपुग्दछ भन्ने कुरा कञ्चन/सुदर्शन गुटको व्यावहारले स्पष्ट गर्दछ । स्थानीय चुनावको मामुली र नितान्त कार्यनैतिक विषयलाई गम्भिर र रणनैतिक महत्वको विषय वनाएर कार्यकर्ता र जनतालाई भ्रममा पारेर उनिहरुले पार्टीको महत्वपुर्ण सँश्लेषण र कार्यभारहरुको पत्यिाग गर्न पुगेकाछन । वास्तवमा उनिहरुले उठाएको स्थानिय निर्वाचन प्रयोगको सवाल र तर्क केवल निमित कारण मात्रहो । सारत उनिहरुमा आएको राजनैतिक/वैचारीक तथा सँगठनात्मक विचलन र अवसरवादको समस्याहो । हामीले पछिल्लो पटक कन्चन/सुदर्शनको सँगठनात्मक अवसरवादका विरुद्ध जमेर वहस गरयो जसका कारण सानो अवसरवादी समुह पार्टीवाट वर्हिगमन भएकोछ ।

घ) मूल नेतृत्वको वर्ग एवँ क्रान्ति प्रतिको लगाव र वौद्धिक खोज:

हाम्रो पार्टीको मुख्य नेतृत्वको वर्ग र क्रान्तिप्रतिको गहिरो लगावका कारण नै सवै खाले सँगठनात्मक अवसरवादका विरुद्ध क्रान्तिकारी झण्डा उठाउन, पार्टी पुणगठन गर्न र मालेमावादी विज्ञानको विकासका सन्दर्भमा नयाँ सँश्लेषणहरु सँभव भएकोहो । आगामी नवौ महाधिवेशनमा सँश्लेषित विचारहरुको विकासका लागी विषयको प्रस्तुती र वहसको प्रारम्भ भईसकेकोछ । यो गहण र ऐतिहासीक महत्वको कामको नेतृत्व सवैले गर्न सक्दैनन । दुनियाँमा खरवौै मानीसहरुछन तर विज्ञानको खोज, अध्यन–अनुसन्धान गर्ने मानीसहरु सानो सँख्यामा रहेकाछन । समाज विज्ञानको क्षेत्रमा माक्र्स–एङगेल्स, लेनिन–स्टालिन, माओले ठुल–ठुला खोज, अध्यन–अनुसन्धान गरेर ठुलो योगदान गर्नु भएकोछ । उहाँहरुको सँश्लेशणको जगमा टेकेर दुनियाँमा चमत्कारीक परिवर्तनहरु सँभव भएका हुन । हुनत समाज विज्ञानमा भएका ती खोजहरु समाजकै उपजहरु हुन  तर ती कुराहरु सवैले देख्न सक्दैनन । त्यसका लागी वर्ग र क्रान्ति प्रतिको निरन्तर लगाव र वौद्धिक ज्ञानको मिलान गर्न सक्नु पर्दछ । मानव समाजलाई युगानुकुल वदल्ने समाज विज्ञानको विकास जसले मान्छेका आधारभुत आवश्यकताहरु पुरा गर्न र असिमित आवश्यकताहरु पुरा गर्नका लागी खोज, अध्यन–अनुसन्धान गर्न निरन्तर दिशा निर्देशन गरिरहेको हुन्छ । पुजीवादी विश्व–व्यावस्थाको विरुद्ध सन १९को दोश्रो दशक देखी सतरीको दशक सम्म दिग्वीजयको अभियानमा रहेको उत्पिडीत वर्गको दर्शन र राजनैतिक विज्ञानको विकासमा आएको गत्यावरोधका कारण सर्वहारा–श्रमिक वर्गको अगुवाईमा हुने समाजवादी–साम्यवादी क्रान्ति सेलाएकोछ । हाम्रो पार्टी र यसको मुल नेतृत्व कमरेड विप्लवको अगुवाईमा मालेमावादी विज्ञानको खोज, अध्यन–अनुसनधान गएको आठौ महाधिवेशन वाट शुरु भएकोछ । वास्तवमा यो सहि विचारको अनुसन्धान र विकास सँग सम्वन्धितछ । यो रातारात कुनै नेताको दिमागमा आउने होईन । कमरेड माओले भन्नु भएकोछ–“सहि विचार कहाँ वाट आउछ ? के ती मनमा सहजै उव्जन्छन ? होईन के त्यो आकास वाट झर्छ ? होईन, ती सामाजीक व्यावहार वाट, अर्थात तीन किसिमकका सामाजीक व्यावहार वाट आउछन–उत्पादनको निम्ति साघर्ष, वर्ग सँघर्ष र वैज्ञानिक प्रयोग ।” (सहि विचार कहाँ वाट आउछ मे १९६३) माओको उपरोक्त भनाईले सावीत गर्दछ कि सहि विचार को विकास वर्ग र क्रान्ति प्रतिको लगाव, वौद्धिक खोज जो उत्पादन सँघर्ष, वर्गसँघर्ष र वैज्ञानिक प्रयोगको लामो श्रृङखला वाट मात्र सँभव छ जो आजको अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको विजयका लागी अपरिहार्य आवश्यकता वनेको मालेमावादी विज्ञानको खोज अध्यन–अनुसन्धान र विकासमा कमरेड विप्लवको नेतृत्वमा हाम्रो पार्टीले अगुवाईमा नवौ महाधिवेशन सम्म पुग्दा एउटा निष्कर्षमा पुग्नेछ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।