२६ बैशाख २०८१, बुधबार

अब समाजवादी संविधान र व्यवस्था चाहिन्छः श्रेष्ठ

0

असोज ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रचार बिभाग इन्चार्ज बसन्त श्रेष्ठले वर्तमान संविधान जनताको संविधान हुन नसकेको बताएका छन ।

जनपत्रिका सँगको संविधान दिवसको बारे लिएको प्रतिक्रियामा नेता श्रेष्ठले संसदीय व्यवस्थालाई संरक्षण गर्ने व्यवस्था संविधानले अंगिकार गरेकाले यो असफल भएको प्रतिक्रिया दिए ।

उनले विगतको जनताको भावना, अधिकार र क्रान्तिको संस्थागत गर्ने कुरामा वर्तमान संविधान चुक्केको बताए । नेता श्रेष्ठले भने “जनताका मौलिक अधिकार हात्तीले देखाउने दाँत जस्तै भए, तर कार्यान्वयन भएनन् ।”

उनले वर्तमान संविधान भित्रको तीन वटा अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका असफल भएको टिप्पणी गरे । अर्धमृत संविधान बोकेर नेपालमा परिवर्तन संस्थागत नहुने भन्दै नेता श्रेष्ठले भने, अब जनतालाई समाजवादी संविधान र व्यवस्था चाहिने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।