
असोज ३, पाेखरा । नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य केश घलेको नेतृत्वमा विभिन्न विद्यार्थी संगठनबाट नेकपा निकट अखिल (क्रान्तिकारी) मा धुर्विकरण भएका छन् ।
सोमबार पोखरामा भएका धुर्विकरण कार्यक्रममा नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य केश घले लगायत विभिन्न संगठनबाट नेकपा निकट अखिल (क्रान्तिकारी) मा समाहित भएका हुन ।
नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पोखरा महानगर इन्चार्ज केश घले, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का जिल्ला सदस्य हेमन थापा, धिरेन्द्र बोहरा, अनिल भुल, देव खडका, अविशेक कुवर, साईमन राना मगर, विराज गोलाङ, रविन वि.क. पदम श्रेष्ठ, ललिजङ बुढा, एमिन गुरुङ, विराज गोतामे, भगवती पौडेल, सुबास सुवेदी अखिल (क्रान्तिकारी) मा धुर्विकरण भएका छन ।
यस्तै नेवि संघको विभिन्न कमिटी त्याग गरी यम बहादुर थापा, दिपेन्द्र थापा, नास्तिक सुनार, ज्याक सुनार नेकपा निकट अखिल (क्रान्तिकारी) मा धुर्विकृत भएका हुन ।
धुर्विकरण कार्यक्रममा नेकपा कास्की सेक्रेटरी काजी गुरुङले आफु पनि विद्यार्थी राजनीतिवाट नै राजनीति सुरु गरेको स्मरण गर्दै उनले भने फर्केर आउनु भयो साथिहरुलाई धन्यवाद बधाई तथा स्वगत छ । क्रान्तिकारीहरुका लागि सदैव संगठनको ढोका खुल्ला हुनेछ । यदि नेपालमा क्रान्ति सफल बनाउनु छ भने क्रान्तिकारी शक्तिहरु एकताबद्ध भई बैज्ञानिक समाजवादी क्रान्तितर्फ अघि वढ्न राजनितिक तथा वैचारिक धुर्विकरण हुनैपर्छ । पार्टीले कार्वाही गरेपछि टुक्रिएका नौ जनाको बहुमत नाम राखिएको नौ मतबाट नेपालमा क्रान्ति असम्भव भएको ठोकुवा गरे ।
धुर्विकरण कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईन्चार्ज प्रकाश वास्तोला, कास्की जिल्ला अध्यक्ष्य पवन पुन लगायतको सहभागिता रहेको थियो ।