१५ चैत्र २०८०, बिहीबार

शेरबहादुर अधिकारीका दुई पुस्तक सार्वजनिक

0

असाेज ९, काठमाडौं । साहित्यकार शेरबहादुर अधिकारीका दुइवटा पुस्तक सार्वजनिक गरिएको छ ।

शनिबार शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा अधिकारीका विश्रृङ्खलित सपनाहरु (कविता संग्रह) र शेरबहादुर अधिकारीका रचना र सम्झना गरी दुइ पुस्तक सार्वजनिक गरिएको हो ।

दुबै पुस्तकको प्रकाशकमा शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठान, जाजरकोट रहेको छ ।

दुबै पुस्तकमा अधिकारीले रचना गरेका सिर्जनाहरु समावेश गरिएको छ । अधिकारीको सम्झनामा थुप्रै लेखहरु समेटिएका छन् ।

शनिबार सम्पन्न भएको कार्यक्रममा अधिकारी समाजको उत्थानका लागि लागिरहेको व्यक्ति रहेकाले उहाँको योगदान अजम्बरी रहने वक्ताहरुले बताएका छन् । यस्तै, कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।