१२ बैशाख २०८१, बुधबार

राष्ट्रिय वामपन्थी मञ्चले क्रन्तिकारी आन्दोलन र राष्ट्रिय स्वाधीनताका पक्षमा अन्तरक्रिया कार्यक्रम गर्ने

0

आसोज ९, काठमाडौं । राष्ट्रिय वामपन्थी मञ्चले देशव्यापी रुपमा नेपालको क्रन्तिकारी आन्दोलन र राष्ट्रिय स्वाधीनताका पक्षमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

मञ्चका संयोजक दिर्घ प्रसाद पाण्डेको अध्यक्षतामा शनिबार काठमाडौंमा सम्पन्न बैठकले नेपालमा राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउने शक्ति, कम्युनिष्ट क्रान्तिकारी शक्ति, विभिन्न पार्टी संग आस्था राख्ने र देशको वेथितिवारे विरोध गर्ने शक्तिहरु बीच छलफल तथा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।

सम्पन्न बैठकले वामपन्थी मञ्च सवै वाम वुद्धिजीवीहरुको साझा मञ्चको रुपमा विकास गर्न खोजीको भन्दै राष्ट्रिय स्वाधीनता र वैज्ञानिक समाजवादको पक्षमा सम्पुर्ण वामपन्थी वुद्धिजीवि क्रन्तिकारी शक्तिहरुलाई एक हुन आह्वान समेत गरेको छ ।

मञ्चका संयोजक दीर्घ प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा पूराना माओवादी नेता तथा मञ्चका सल्लाहकार नारायण प्रसाद शर्मा, पूर्व मन्त्री एवं वामपंथी नेता देवबहादुर पौडेल, (क्रान्तिकारी) माओवादीका नेता मोतीरत्म अमात्य, बिजयरत्न बज्राचार्य, शेरबहादुर खड्का, नविन बिष्ट, सुदर्शन मंगोल, आयुशा रेग्मी, गणेश रानामगर, चिरन्जीवी ढकाल, गोर्की श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।