६ बैशाख २०८१, बिहीबार

नेकपाको केन्द्रीय पुस्तकालय उद्घाटन, ज्ञान नै सबैभन्दा ठूलो हतियार हो: विप्लव

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय पुस्तकालय केन्द्रीय कार्यालय शिवगढीमा उद्घाटन गरिएको छ ।
केन्द्रीय पुस्तकालयलाई एक समारोहका बीच नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले उद्घाटन गर्नुभयो ।
उक्त उद्घाटन समारोहलाई सम्बाेधन गर्दै प्रमुख अतिथि महासचिव विप्लवले ज्ञान संसारकै शक्तिशाली हतियार भएकोले यस केन्द्रीय पुस्तकालयले ज्ञानको सञ्चार राम्रोसँग गर्ने बताउनुभयो । पुस्तकालय व्यवस्थापनमा पार्टी केन्द्रीय कमितिले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि राख्नु भएको थियो ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार दिर्घराज पाण्डेले मार्क्सवाद पुस्तकालयबाटै मार्क्सले प्राप्त गरेकोले पुस्तकालय सुरूबाट हुनु खुशीको कुरा भएको र यस केन्द्रीय पुस्तकालयमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने धारणा राख्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य तथा सुचना प्रचार तथा प्रकाशन विभाग इञ्चार्ज प्रज्वलन गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य सुशिलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम, सल्लाहकार दिर्घराज पाण्डे, होम खतिवदा, केन्द्रीय सदस्यहरू उमा भुजेल “शिलु”, भरत वम “रणवीर”, मोहलाल चन्द “आधार”, अमर झाक्री ” सञ्जीव”, चुडामणी वली “आदर्श”, सावित्रा दुरा ” आस्था” लगायत अन्य केन्द्रीय सदस्य र जवस मोर्चाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।