२२ बैशाख २०८१, शनिबार

नेकपाकाे नवाैँ महाधिवेशनको बन्दसत्र सुरु, महासचिव विप्लवद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीको नवाैँ महाधिवेशनको बन्दसत्र आजदेखि सुरु भएको छ । बन्दसत्रमा सहभागी प्रतिनिधि, पर्यवेक्षकहरुमाझ महासचिव विप्लवको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
अध्यक्षता ग्रहण गर्दै महासचिव विप्लवले ऐतिहासिक अभिभारा पूरा गर्न यो महाधिवेशन सफल हुनेछ भन्दै साेही जिम्मेवारीका साथ महाधिवेशनमा सहभागी बन्न अपिल गरेका छन् ।

अहिले ऐतिहासिक नवाैँ महाधिवेशनलाई भव्य रूपले सफल पाराैँ ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गराैँ !! भन्ने नारा रहेको राजनीतिक प्रतिवेदन प्रतिनिधि पर्यवेक्षकमाझ प्रस्तुत भएको छ । बन्दसत्रमा देशभर तथा प्रवाशबाट गरि साढे सात सयको संख्यामा प्रतिनिधि, पर्यवेक्षकहरु  सहभागी रहेका छन् ।     

असाेज ३१ गतेसम्म चल्ने महाधिवेशनमा नेकपाले ‘एकीकृत जनक्रान्ति’ लाई केन्द्रमा राखेर मालेमावादका तीनवटै अंग दर्शन, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा थप विकास गर्ने, संगठन, राजनीति, संस्कृतिमा पनि थप नयाँ विकास गर्ने र कम्युनिष्ट विचार, आदर्श, मूल्य र मान्यतालाई नयाँ उचाईमा उठाउने उद्घोष गरेको छ ।
राष्ट्रघाती एमसीसी, एसपीपी, महङ्गी, कालाबजारी, भ्रष्टाचारका विरुद्ध जनपक्षिय सङ्घर्षको नेतृत्व गर्दै आइरहेको पार्टीले विचार, राजनीति र सङ्घर्षलाई अझ उचाइमा उठाउँने र त्यसअनुसारको सङ्गठनात्मक तयारी गर्न नवौँ महाधिवेशन गरिरहेकाे छ ।

नेकपाले नवौँ महाधिवेशन एकीकृत जनक्रान्तिको कार्यदिशा, विश्व कम्युनिस्ट आन्दोलनको दिशा, वर्गसङ्घर्षको उत्थान र राष्ट्रिय मुक्ति आन्दोलनको विकासमा कोषेढुङ्गा हुने विश्वास व्यक्त गर्दै नवाैँ महाधिवेशनलाई कम्युनिस्ट विचार, मूल्य, मान्यता र आदर्शको उत्सवको रूपमा सम्पन्न गर्ने नेकपाले जनाएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षकहरुलाई डिजिटल प्रविधिमार्फत अवलोकन गर्न सकिने बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।