१४ बैशाख २०८१, शुक्रबार

राजनीतिक र विधान प्रतिवेदन प्रस्तुत गर्ने क्रम सकियो, भोली ग्रुप विभाजनसहित छलफल हुने

0

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशनको बन्दसत्रमा प्रतिवेदन र विधान बाचनको क्रम सकिएको छ । महासचिव विप्लवले  पेश गरेको राजनैतिक प्रतिवेदन र पार्टीको विधानलाई बुधबार प्रस्तुत गरिएको थियो । पार्टी केन्द्रीय सदस्य ध्रुवले प्रतिनिधि पर्यवेक्षक सामु प्रतिवेदन र विधान वाचन गरेर सुनाउनु भएको थियो  । करिव १२० पृष्ठ लामो प्रतिवेदन र विधान हलमा पेश गरिएको छ । आजलाई राजनैतिक प्रतिवेदन र विधान प्रस्तुतिको क्रम सकिएकाले भोली ग्रुप विभाजन गरी त्यसमाथि छलफल गरिने नेकपाले जनाएको छ ।
महाधिवेशन आयोजक समितिले सकभर भोलीबाट नै ग्रुप लिडरबाट सुझावहरु प्रस्तुत गरिने कार्यसूचि रहेको जनाएको छ ।
बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै महासचिव विप्लवले ऐतिहासिक अभिभारा पूरा गर्न यो महाधिवेशन सफल हुने र जिम्मेवारीका साथ महाधिवेशनमा सहभागी बन्न सबैलाई अपिल गर्नु भएको छ ।
अहिले ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्य रूपले सफल पारौँ ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौँ !! भन्ने नारा रहेको राजनीतिक प्रतिवेदन  र पार्टीको विधान प्रतिनिधि पर्यवेक्षकहरु माझ हात हातमा रहेको छ  ।
बन्दसत्रमा देशभर तथा प्रवासबाट गरि साढे सात सयको संख्यामा प्रतिनिधि, पर्यवेक्षकहरु  सहभागी रहेका छन् ।
असोज ३१ गतेसम्म चल्ने महाधिवेशनमा नेकपाले ‘एकीकृत जनक्रान्ति’ लाई केन्द्रमा राखेर मालेमावादका तीनवटै अंग दर्शन, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा विचारको थप विकास गर्ने, संगठन, राजनीति, संस्कृतिमा पनि थप नयाँ विकास गर्ने र कम्युनिष्ट विचार, आदर्श, मूल्य र मान्यतालाई नयाँ उचाईमा उठाउने उद्घोष गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।