१३ बैशाख २०८१, बिहीबार

जनयुद्धका सहिद प्रकाश र गाेकुलको आमाको निधनप्रति नेकपा कालिकोटद्वारा दु:ख व्यक्त

0

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जनयुद्धका महान सहिद प्रकाश र गोकुलको आमा बुचि धमालाको निधन भएकोप्रति गहिरो दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

शनिबार जिल्ला पार्टीको तर्फबाट इन्चार्ज विराट र सेक्रेटरी साहसीले संयुक्त रुपमा शोक वक्तव्य जारी गर्दै शान्नित्रिवेणी गाउँपालिका ७ मुम्रा निवासी क्यान्सर पीडित आमाको काठमाडौँमा उपचारका क्रममा असोज २१ गते निधन भएकोमा दु:ख व्यक्त गरिएको हो । साथै शाेकाकुल घरपरिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।                            नेकपाले जनयुद्ध र एकीकृत जनक्रान्तिमा आमाले पुर्याएको योगदानको स्मरण गर्दै आमाको योगदानको उच्च सम्मान व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।