१३ बैशाख २०८१, बिहीबार

नेकपाको जारी नवौं महाधिवेशनमा महासचिव विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पारित

0

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनमा महासचिव विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सिंगो हलबाट सर्वसम्मत रूपले पारित भएको  छ ।

महासचिव विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्ति सम्बन्धी प्रस्ताव माथि उठेका प्रश्नहरुको करिव साढे चार घण्टा लामो जवाफ दिइसकेपछि सिंगो हलमा उपस्थित प्रतिनिधि पर्यवेक्षकले उत्साहका साथ प्रस्ताव पारित गरेका छन् । प्रस्ताव पास गरिसकेपछि हलमा उपस्थित सम्पूर्ण प्रतिनिधि पर्यवेक्षकहरुले नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, लगायतका नारा लगाउदै गडगडाहट ताली बजाएर राजनीतिक प्रतिवेदन, निति तथा कार्यक्रम, विधान र जातीय मुक्ति सम्बन्धी प्रस्ताव पारित गरेको हो । महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै नेपालमा वैज्ञानिक समाजवाद अनिर्वाय भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र पूरा गर्ने निश्कर्ष समेत निकालेको छ । महाधिवेशनले नेपालमा मुख्य गरी भुमण्डलीकृत पूँजीवाद एवम् दलाल संसदीय पूँजीवाद र उत्पीडित जनता बीचको अन्तर विरोध प्रधान भएर आएको समेत भनिएको छ ।
असोज २५ गते उद्घाटन भएको नवौंं महाधिवेशन भोलि सकिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।