१६ चैत्र २०८०, शुक्रबार

महाधिवेशनबाट एकीकृत जनक्रान्ति क्रान्ति पूरा गर्ने हतियार बनेको छ : विप्लव

0

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले एकीकृत जनक्रान्तिको हतियार क्रान्ति पूरा गर्ने हतियार भएको बताएका छन् ।
आईतवार नवौं महाधिवेशनको बन्दसत्रमा छलफल समूहका नेताहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिदै महासचिव विप्लवले महाधिवेशनले एकीकृत जनक्रान्ति क्रान्तिको हतियार बनेको  बताएका हुन् ।

उनले अहिलेको भुमण्डलीकृत पूँजीवाद र दलाल संसदीय व्यवस्थाका विरुद्ध लडेर जनताको वैज्ञानिक समाजवाद ल्याउन एकीकृत जनक्रान्तिको हतियारले महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।
महासचिव विप्लवले नेपालमा दलाल सत्ताबाट नेपाली जनताले विकल्प खोजेको भन्दै त्यो विकल्प नेपाल कम्युनिष्ट पार्टीले मात्र दिन सक्ने ठोकुवा गरे । उनले क्रान्तिको विकल्प दिन पार्टीले पुरानो विचारबाट माथि उठ्न आवश्यक भएको पनि औल्याए ।
नेकपा संघीयता विरोधी भएको विरोधीहरुले प्रचार गरिरहेका बेला महासचिव विप्लवले दलाल पूँजीवादी संघीयता नभई पार्टीले समाजवादी संघीयता चाहेको बताए ।


महासचिव विप्लवले दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा विचार विकास गरेर मात्र नेपालमा क्रान्ति विजयी बनाउन र रक्षा गर्न सकिने धारणा राखे ।
उनले भने, ‘क्रान्ति अन्वेषण हो, विचार अन्वेषण हो, हामीले विचारमा विकास गर्दै समाजवादी विज्ञानको प्रयोग गरिरहेका छौँ, यो सफल हुनेछ ।
राजनैतिक प्रतिवेदन, विधान र जनजाति सम्वन्धि जातीय प्रस्तावमा उठेका कयौँ सुझावहरुले अबको क्रान्तिको राजमार्ग निमार्णमा महत्पूर्ण सहयोग गरेको महासचिव विप्लवको टिप्पणी छ ।’
उनले सहि सुझावहरुलाई राजनैतिक प्रस्तावमा समेटिने विचार व्यक्त गर्दैै पार्टी दलाल संसदीय व्यवस्थाको चुनावमा नजाने र खारेज गर्ने दोहोर्याए ।
पार्टीबाट आर्थिक अपचलन गरेर भागेका भगौडाहरु साम्राज्यवाद भन्दा माथि उठेर पार्टी र क्रान्ति विरुद्ध हमला गरिरहेको भन्दै महासचिव विप्लवले सबैले वैचारिक रुपमा हमला गर्न आग्रह गरे ।
उनले को सहि ? को गलत ? भोलि इतिहासले पुष्टि गर्दै जाने भन्दै कञ्चन सुदर्शन पार्टी र क्रान्ति विरुद्ध लागेर साम्राज्यवादको षड्यन्त्रमा फसेको बताए ।
उनले पार्टीको सम्पत्ति अपचलन गर्नेहरु कहिल्यै सुख नपाउने पनि बताए । महासचिव विप्लवले क्रान्ति पूरा गर्न आफ्नो जिम्मेवारीमा खरो भएर मैदानमा उत्रिन नेता कार्यकर्तालाई निर्देशन निर्देशन दिए । महाधिवेशन नयाँ केन्द्रीय समिति निर्वाचित गर्दै भोलि सकिने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।