 
                कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन कपिलवस्तुमा जारी छ । मंगलवार भने नयाँ नेतृत्व निर्वाचित गर्दै महाधिवेशन सकिने छ । आईतबार महाधिवेशनले पार्टीको राजनैतिक प्रतिवेदन, विधान र जातीय मुक्तिको प्रस्ताव पारित गरिसकेको छ । देशभरका प्रतिनिधि पर्यवेक्षकहरु महाधिवेशनका बारे के भन्छन् ? महाधिवेशनको अनुभूति के छ ? र २. महाधिवेशनले आगामी नीति कस्तो पास गरोस् भन्ने अपेक्षा छ ? भन्ने प्रश्न महाधिवेशन स्थल शिवगढी पार्टी कार्यालयमा भेटिएका प्रतिनिधि र सर्वसाधारणहरुसँग साेधेका छाैँ ? ती धारणा जस्ताको तस्तै राखेका छाैँ ।
 विनोद विष्ट, कैलाली
विनोद विष्ट, कैलाली
नेपाल कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह शिवगढी स्थित आफ्नै पार्टीको केन्द्रीय सम्पर्क कार्यालयको प्राङ्गणमा हजारौ नेता कार्यकर्ता र जनताको उपस्थितिमा सम्पन्न भएको छ । उद्घाटनमा प्रयोग भएका नविनतम प्रविधिबाट व्यानर उद्घाटन सम्मको समिश्रणले क्रान्तिको कार्यदिशा अनुरुपको एकीकृत भाव र रोमाञ्चकता समेत प्रदर्शन ग¥यो । उद्घाटनको क्रममा पार्टीका महासचिवले व्यक्त गर्नुभएको उद्घाटन मन्तव्यले आम नेता कार्यकर्ता र जनतामा क्रान्तिका लागि उर्जा प्रदर्शन गर्नुका साथै जनक्रान्तिमा नयाँ रक्तसञ्चार प्रवाहित भएको महशुस गरायो । शुभेच्छुक पार्टी र संगठनका नेताहरुले क्रान्तिप्रति चिन्ता व्यक्त गर्दै दिएका सुझाव र शुभकामना मन्तव्यले क्रान्तिको आशाको दियोको रुपमा हेरेको अनुभूति गरायो । महाधिवेशनमा देश/विदेशबाट सहभागी प्रतिनिधि, पर्यवेक्षकहरुसँगको छलफल र भेटघाटले क्रान्तिको यात्रामा यात्रारत यात्रीहरुको अनुभूति सातासाटले आगामी दिनमा हाम्रो यात्रा सशक्त र गतिशिल बनाउने मार्गनिर्देशन प्राप्त भयो । आफ्नै पार्टीको भव्य भवनमा सञ्चालन भईरहेको बन्दसत्रले सुखद अनुभूति एवम प्रफुल्लित गरायो ।
यस महाधिवेशनले पार्टीले लिएको एकिकृत जनक्रान्तिको कार्यादिशालाई थप समृद्ध गर्दै वैज्ञानिक समाजवाद स्थापनाको ढोका खोलोस्, सुधारवाद, संशोधनवाद र दलालीकरणको चंगुलमा घुमिरहेको सात दशकदेखिको कम्युनिस्ट आन्दोलनलाई नयाँ जीवन र गति पैदा गरोस्, गुटवाद, फटुवाद र विसर्जनवादका विरुद्ध नयाँ नीति निर्माण गर्दै गुट, टुटफूट र विघटनको अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न सकोस् । दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको चंगुलबाट देशलाई मुक्त गर्दै सफलता प्राप्त गर्ने नीति निर्माण गरोस् सम्पूर्ण उत्पीडित जाति, क्षेत्र, वर्ग, लिङ्ग र समुदायको मुक्ति मार्गको नयाँ खाका कोर्दै उत्पीडित जनतामा आशाको किरण छर्न सकोस् ।
देशभक्त, राष्ट्रवादी, प्रगतिशील एवं प्रजातन्त्रवादी शक्तिहरुलाई जनअधिकार प्राप्तीको आन्दोलनमा सफल रहोस् । पार्टी शान्ती र जनविरोधी शक्ति र तिनका रवैयालाई च्यात्दै महाधिवेशनले लिने नीति मार्फत् उचित जवाफ दिन सफल होस् । राष्ट्रियता, जनतन्त्र र जनवीविकाको आन्दोलनलाई एकीकरण गर्न केन्द्रीकरण र सशक्त बनाउन सफल होस् ।
 प्रविण बहादुर धामी, बझाङ
प्रविण बहादुर धामी, बझाङ
हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको ९ औं महाधिवेशनले आजको परिवेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबले विशेष महत्व राख्छ । त्यसैले यो ऐतिहासिक नवौं महाधिवेशनमा सहभागी भइरहँदा महाधिवेशन उद्घाटन समारोह र बन्दसत्रको हलमा पार्टीका महासचिवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा पार्टीको मस्यौदा विधानले पार्टीको लक्ष्य, उद्देश्य र कार्यदिशा नीति कार्यक्रमबारे स्पष्ट ढंगबाट प्रस्तुत गरिएको छ । पार्टीले अहिलेको नेपाली समाजको चरित्र र विश्व परिवेशलाई गहन अध्ययन गरी मुख्य कुरा क्रान्तिको सवाल भएको हिसाबले यो नवौं महाधिवेशनले आम प्रतिनिधि पर्यवेक्षकमा नयाँ जोश जाँगर र उमङ्ग आशा दिएको अनुभूति भएको छ ।
हाम्रो पार्टीको महाधिवेशनले आम नागरिक र अन्तर्राष्ट्रिय स्तरमा चासो र विशेष महत्वको दूरगामी अर्थ राख्दछ । त्यसकारण यो महाधिवेशनबाट हाम्राे पार्टीले आधारभूत रुपले मालेमावादी मूल्य, मान्यता आत्मासात गरी दर्शन, सिद्धान्त, राजनीतिक कार्यदिशा संगठन प्रणाली वैज्ञानिक समाजवादी अर्थप्रणाली प्रगतिशील जनसंस्कृति क्षेत्रमा सामाजिक, मौलिक विशेषताहरुलाई ख्याल गर्दै पार्टी पुनर्गठनदेखि आठौं महाधिवेशनले पारित गरेका रणनीतिक कार्यनीतिक सबै नीति र कार्यक्रमको समष्टिगत संश्लेषण गरी आगामी दिनमा जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने र जनताको पार्टीप्रतिको समग्र अपेक्षालाई सम्बोधन हुने गरी यो महाधिवेशनबाट पार्टीको नेता कार्यकर्तामा मुख्य रुपमा विचार दृष्टिकोणलाई सँधैभरी आत्मबाेध र समाजमा फरकफरक तर नयाँ नमूनायोग्य पहिचान पेश गर्ने सुद्धिकरण, सुदृढिकरण र रुपान्तरण जस्ता महत्वपूर्ण पक्षलाई समेटेर आगामी नीति पास गर्नेछ भन्ने अपेक्षा राख्दछु ।
 निरक शाही,  अछाम
निरक शाही,  अछाम
हाम्रो नवौं महाधिवेशन गौरवको महाधिवेशन हो । यो ऐतिहासिक महाधिवेशन पनि हो । दलाल पूँजीवादका विरुद्ध लड्न यो महाधिवेशन नयाँ हुने छ । सबै हिसाबले महाधिवेशनबाट राजनैतिक प्रस्ताव, विधान र जातीय मुक्तिको प्रस्ताव माथि जनवादी प्रक्रियाले छलफल भएको छ । सुझावहरु राखेका छौँ । बाहिर महासचिव र प्रकाण्डबिच विवाद छ भनेर भगौडाहरुले भनेका छन् । त्यो सत प्रतिशत झुट हो । कुनै पनि विवाद छैन । उनीहरुको प्रचारप्रति आपत्ति छ र खेद छ । क्रान्तिको गतिले आत्तिएका हुन् ।
 ललित विक, विद्यार्थीबाट
ललित विक, विद्यार्थीबाट
समाजवादी क्रान्ति सफल पार्ने दस्तावेज पारित भएको छ । यो विश्व क्रान्तिको राजमार्ग हो । साम्राज्यवाद र दलालपुँजीवाद विरुद्ध ठूलो वैचारिक हतियार बाेकेर आएको छ । यो हतियारलाई सर्वहारा वर्गको मुक्तिको एकीकृत जनक्रान्तिमा लागु गर्नेछौँ । अरु ठीक छ ।
 डा. टिका प्रसाद कँडेल, काठमाडौँ
डा. टिका प्रसाद कँडेल, काठमाडौँ
वैचारिक दृष्टिकोणको हिसाबले उच्च छ । थवाङ महाधिवेशन भन्दा माथि उठेर आएको छ । क्रान्तिको रोडम्याप ल्याएको छ । क्रान्ति तत्काल अहिलै सम्पन्न हुन्छ भन्न सकिदैन । तर बाटो तय भएको छ । हामीले एकीकृत जनक्रान्तिको कार्यदिशामा अभ्यास गर्दै जान्छौँ । पार्टीभित्र विवाद छैन । भागेर गएकाहरुले गरेको प्रचार क्रान्ति विरुद्धको छ । उनीहरुलाई उचित जवाफ दिएको छ ।
 विदुषी, युवा संगठन नेपालबाट
विदुषी, युवा संगठन नेपालबाट
 विश्वमा हाबी भएको पूँजीवादी मान्यतालाई परास्त गर्न विचार विकासका हिसाबले यो धेरै महत्वपूर्ण छ । समाजवादीहरु कम्युनिष्टहरुलाई नयाँ दिशानिर्देश गरेको छ ।  एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादी बाटोमा पुग्ने बाटो तय भएको छ । राष्ट्रिय स्वाधीनताका विषयमा पनि राम्रो व्याख्या गरेर आएको छ । पार्टी र क्रान्तिका विरोधीहरुले यो महाधिवेशनका विषयमा गलत भ्रम फैलाएका छन् । उनीहरुले हामीलाई असफल बनाउन खोजेका थिए तर आफै असफल भएका छन् । हामी आवश्यकता अनुसार युवा, विद्यार्थी, सुरक्षाकर्मी सबै भएकाले पनि यूवाहरुले महाधिवेशनको सुरक्षाको जिम्मेवारी लिएको छ । अर्को युवाहरुलाई विदेश जानुपर्ने, बेरोजगार हुनुपर्ने, कुलतमा लाग्नुपर्ने जस्ता कार्यलाई रोकेर समाज परिर्वनको आन्दोलनमा लाग्न प्रेरित गर्नेछ ।  यो हिसाबले महाधिवेशन निकै महत्वको छ । समाजको प्रतिबिम्ब लिएर परिवर्तनको खाका बनाएको छ ।
 सोममाया विश्वकर्मा, कास्की                            महाधिवेशन राम्रो छ । जनतासँग जोडिएर नीति बनेको छ । जनताको मुक्ति बाेकेको छ । विश्वक्रान्तिलाई कसरी ? विजय पुर्याउने भनेर विचार विकास गरेर ल्याएको छ । दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादमा विचार संश्लेषण पनि गरेको छ । यो विचार संस्लेषणले एकीकृत जनक्रान्ति पूरा गर्ने आत्मविश्वास पलाएको छ । पार्टीले चुनाव खारेज गर्ने नीति लिएको छ । विगतमा भगौडाहरुले संसदवादी भए भन्ने लगाएको आरोप गलत सावित गरेको छ । उनीहरु आफै साम्राज्यवादी र दलाल पुँजीवादीहरुको गोटी भए । महाविधेवेशनले क्रान्तिकारी जुझारु नेतृत्व ल्याउने छ ।
सोममाया विश्वकर्मा, कास्की                            महाधिवेशन राम्रो छ । जनतासँग जोडिएर नीति बनेको छ । जनताको मुक्ति बाेकेको छ । विश्वक्रान्तिलाई कसरी ? विजय पुर्याउने भनेर विचार विकास गरेर ल्याएको छ । दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादमा विचार संश्लेषण पनि गरेको छ । यो विचार संस्लेषणले एकीकृत जनक्रान्ति पूरा गर्ने आत्मविश्वास पलाएको छ । पार्टीले चुनाव खारेज गर्ने नीति लिएको छ । विगतमा भगौडाहरुले संसदवादी भए भन्ने लगाएको आरोप गलत सावित गरेको छ । उनीहरु आफै साम्राज्यवादी र दलाल पुँजीवादीहरुको गोटी भए । महाविधेवेशनले क्रान्तिकारी जुझारु नेतृत्व ल्याउने छ ।
 सुनिता किराँती, संखुवासभा
सुनिता किराँती, संखुवासभा
महाधिवेशनले आत्मविश्वास जागेको छ । यो ऐतिहासिक छ । क्रान्तिका विरोधीहरुलाई जवाफ दिएको छ । भगौडाहरुले गरेको झुट प्रचार पर्दाफास भएको छ । यो महाधिवेशन साम्राज्यवाद पूँजीवाद र दलाल संसदीय व्यवस्थाको विकल्प दिने महाधिवेशन भएको छ । पूँजीवादीहरुले हमला गर्छन्, समाजवादीहरुले उसका विरुद्ध लड्नु पर्छ । यो महाधिवेशन विश्वविद्यालय हो । भगौडाहरु क्रान्तिबाट डराएर भागेका हुन् । उनीहरुको कुनै औचित्य छैन ।
 कपिल भट्ट, गोर्खा
कपिल भट्ट, गोर्खा
यो महाधिवेशन कम्युनिष्ट आन्दोलनका लागि उत्कृष्ट छ । विश्व कम्युनिष्ट आन्दोलनको लागि नयाँ दिशा दिएको छ । विचारको बहस र संश्लेषणका हिसाबले यो उच्च छ । वामपन्थी कम्युनिष्टहरुलाई एकतामा लिन सक्ने क्षमता पनि राख्छ । यो महाधिवेशनमा नीति विधिको बहस धेरै भयो बाहिर आए जस्तो नेतृत्वको विषयमा मात्र बहस केन्द्रीत भन्ने कुरा भ्रम हो । विचारमा केही नयाँ विकास भएको छ । यो सबैभन्दा उपलब्धी हो ।
 दुर्गानन्द मण्डल, मोरङ
दुर्गानन्द मण्डल, मोरङ
महाधिवेशन ठिकै छ । मधेशी जनताको भावना समेट्नेमा अलि जोड दिनुपर्छ । दस्तावेजमा कम आएको छ तर व्याख्या अलि कम भयो कि भन्ने छ । मुख्य कुुरामा महाधिवेशनले राम्राे कुरा ल्याएको छ, यो सफल छ ।  यसको कार्यदिशाले मात्र दलाल पुँजीवाद समाप्त गर्न सकिन्छ  र जातीय क्षेत्रीय मुक्ति हुन सक्छ ।
 साहसी, कालिकोट
साहसी, कालिकोट
नवौं महाधिवेशनले विश्व कम्युनिष्ट आन्दोलनको दृष्टिकोणको हल दिएको छ । विश्व दृष्टिकोणको हल दिनु नै विश्व कम्युनिष्ट आन्दोलनको विजयीको सुनिश्चित गर्नु  हो । विश्व कम्युनिष्ट आन्दोलनलाई संगठित गर्नु हो ।  विश्वमा भएका क्रान्ति सफल पछिको प्रतिक्रान्ति रोक्ने छ । नेपाली क्रान्तिलाई पूर्णता दिनेछ र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाको लागि यो महाधिवेशनले ढोका खोलेको छ । बृहत क्रान्तिकारी कम्युनिष्ट एकताको लागि पनि मार्ग खोलेको छ ।
 लक्ष्मी सुनार, शिवराज १ का स्थानीय
लक्ष्मी सुनार, शिवराज १ का स्थानीय
हामीलाई एकदम राम्रो लागेको छ । यो कार्यक्रमले हामी खुसी छौँ । पार्टीले हामी जस्ता वर्गको मुक्ति हुने कुरा ल्याउनु पर्छ । यो महाधिवेशनले ल्याउने छ भन्ने विश्वास छ । म एउटा सामान्य किसान हुँ । कार्यक्रमको छेउमा केही व्यापार गरौं कि भनेर सेल रोटी र चिया बनाउने काम गरेकी छु । राम्रै चलेको छ । आम्दानी पनि राम्रो भएको छ । पार्टीका कार्यकर्ताहरुले खाने गर्छन् र राम्रो व्यवहार गर्छन् । खुसी लागेको छ ।
