७ बैशाख २०८१, शुक्रबार

महासचिव विप्लवद्वारा ऋषिश्वर उपाध्यायको निधनप्रति गहिरो दु:ख व्यक्त

0

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका पूर्वकेन्द्रीय सदस्य डिल्लीराम शर्मा (विश्व) का ८४ वर्षीय बुवा ऋषिश्वर उपाध्यायको यही कार्तिक ८ गते भएको निधनप्रति नेकपा महासचिव विप्लवले गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सोमबार एक शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले उपाध्यायको निधनले आफु र आफ्नो पार्टी मर्माहत भएको उल्लेख गर्दै उहाँको निधनप्रति श्रद्धाञ्जली अर्पणसहित आफन्तजनहरुमा धैर्यधारणाको कामना गरेका हुन् ।

दाङ जिल्लाको तुलसीपुर नगरपालिका वडा नम्बर ८ निवासी ऋषिश्वर शर्माका तीन भाई छोरा र दुई बहिनी छोरी गरि ५ जना मध्येका एक निष्ठावान् र क्रान्तिकारी योद्दा विश्वको परिवारजनमा आएको यस दुखद घडीमा आफन्तजनहरुप्रति समवेदना समेत व्यक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।