८ बैशाख २०८१, शनिबार

संसदिय चुनाव खारेज गर्ने निर्णय गर्दै नेकपा कपिलवस्तुको बैठक सम्पन्न

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कपिलवस्तुले आगामी मङ्सिर ४ गते हुने संसदिय निर्वाचन देश र जनताको हितमा भन्दा पनि केहि पार्टी र व्यक्तिको स्वार्थ पूरा गर्ने माध्यम मात्रै भएकोले यसलाई खारेज गर्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न कपिलवस्तुको छैटौं जिल्ला कमिटीको प्रथम बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा कपिलवस्तुका सेक्रेटरी कमल सीको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकमा पोलिट व्युरो सदस्य ध्रुव सी प्रमुख अतिथि रहेका थिए भने केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज जुझारु सि र राष्ट्रिय थारु मुक्तिमोर्चाका अध्यक्ष सुनिल सी लगायत अतिथिले प्रशिक्षण मन्तव्य राखेको बताइएको छ । बैठकमा पार्टी केन्द्रको सर्कुलर वाचनसहित आगामी कामहरुबारे छलफल गर्दै निर्वाचन खारेज गर्न प्रचारप्रसार गर्ने तथा जनतालाई सुसज्जित गर्ने निर्णय लिएको जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।