१५ बैशाख २०८१, शनिबार

नेकपा सल्यानको बैठक सम्पन्न, चुनाव खारेजी प्रचारप्रसारलाई जोड दिने

0

सल्यान: नेपाल कम्युनिस्ट पार्टी सल्यानको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई खारेज गर्ने भन्दै नेकपा सल्यानले पत्रकार सम्मेलनमार्फत आफ्नो तयारी सार्वजनिक गरेको छ ।

शनिबार खलंगामा पत्रकार सम्मेलन गर्दै नेकपा सल्यानले आगामी मंसिर ४ मा हुने निर्वाचनलाई शान्तिपूर्ण ढंगले खारेज गर्ने नीति लिएको जनाएको हो । जसका लागि जिल्लाभर चुनाव खारेज सम्बन्धिको प्रचारप्रसार गर्ने नेकपा सल्यानका सेक्रेटरी मदन चन्दले बताए ।

‘अहिलेको संसदीय व्यवस्थाले जनतालाई कुनै पनि निकास दिदैन, त्यसैले यो चुनावमा मतदान नगर्न हामी सम्पूर्ण सल्यानी जनतालाई आह्वान गर्छौं’, उनले भने ।

उनले शान्तिपूर्ण विरोध प्रदर्शन र मसाल जुलुस जस्ता कार्यक्रमहरु गरिने बताए । शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले दमन गरे जनताले प्रतिकार गर्ने उनको दाबी छ ।

पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य भिम भारती र युवा संघका केन्द्रीय सदस्य प्रकाश गिरीको उपस्थिति रहेको थियो । सम्मेलनमा नेकपा सल्यानको हालै सम्पन्न तेस्रो जिल्ला कमिटी बैठकका निर्णयहरु सार्वजनिक गरिएको थियो ।

जिल्ला सचिव मदन सीको अध्यक्षता र पार्टी सीसीएम तथा जिल्ला इन्चार्ज सविन सी को प्रमुख र केन्द्रिय प्रतिनिधि सदस्य भिम सीको उपस्थितिमा बैठक बसेको बताइएको छ ।

साथै पार्टीले आफ्नै जग्गामा मकै उत्पादन गरेको भित्र्याएको छ भने गहुँ लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।