
चुनाव खारेजी अभियानको प्रचार प्रसारको क्रममा म्यादीबाट नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी तथा अ. ने.म.संघ क्रान्तिकारीका केन्द्रीय सचिव उषा घर्ती लगायत ४ जना गिरफ्तार भएका छन् । आज बिहान म्याग्दी बेनी बजार चुनाव खारेजी अभियानको प्रचार प्रसारको क्रममा नेतृ उषासहित युवा सङ्गठनका जिल्ला अध्यक्ष नवीन विक, अखिल (क्रान्तिकारी) का रोहित खाती र विशाल सन्यासीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
प्रतिक्रिया दिनुहोस्