४ बैशाख २०८१, मंगलवार

सल्यानमा निर्वाचन खारेज अभियान तीव्र

1

सल्यान: मंसिर ४ गते हुने भनिएको दलाल संसदीय पुँजिवादी व्यवस्थाकाे संघ र प्रदेशको कथित निर्वाचनलाई खारेज गर्नकाे लागि सल्यानमा अभियानलाई तिव्र पारिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्लाकाे आयोजनामा ‘मंसिर ४ काे संसदीय निर्वाचन खारेज तथा जनजागरण अभियान’ अन्तर्गत जिल्लाका विभिन्न ठाउँहरुमा केन्द्रीय समितिकाे अपिल वितरण गरिनुका साथै काेणसभाहरु धमाधम रुपमा सम्पन्न भइरहेका छन्।
पार्टीको अभियान अन्तर्गत जिल्लाका खरिबाेट बजार, थारमारे बजार र लुहाम बजारमा काेणसभाहरु सम्पन्न भएका छन्। शुक्रबार जिल्लाकाे चर्चित लुहाम बजारमा आयाेजित काेणसभालाई सम्बाेधन गर्दै पार्टीका केन्द्रीय प्रतिनिधि कमरेड भीम सीले देशमा भएका निर्वाचनबाट निर्वाचित भएर जाने राजनीतिक पार्टीका उम्मेदवारहरुले किस्ता किस्तामा देश बेच्ने र राष्ट्रघाती काम गरिरहेकाे हुनाले यश पटकको निर्वाचनमा कसैलाई भाेट नदिएर याे निर्वाचन खारेज गर्न जनतामा अपिल गरे। दलाल संसदीय व्यवस्थाबाट नेपाली जनताका समस्या कहिल्यै नसुल्झने भन्दै केन्द्रीय प्रतिनिधि भीम सीले, जनताका समस्या नसुल्झाउने दलाल संसदीय पुँजिवादी व्यवस्थालाई जरैबाट उखेली फालेर नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु आजको समयकाे माग रहेको बताए ।
त्यस्तै थारमारे बजारमा आयाेजित काेणसभालाई सम्बाेधन गर्दै पार्टीका जिल्ला सचिव कमरेड मदन सीले दलाल संसदीय पुँजिवादी व्यवस्थाभित्रकाे निर्वाचनबाट देशमा धेरै पटक राष्ट्रघात भइरहेको हुनाले यस्ता निर्वाचनमा मतदान नगरेर याे निर्वाचन खारेज गर्नुपर्ने बताए।
पार्टीद्वारा आयाेजित काेणसभाहरुमा बाेल्ने वक्ताहरुले मंसिर ४ गते हुने भनिएको निर्वाचन कुनै पनि हालतमा खारेज हुनुपर्ने कुरामा जाेड दिएका छन्। काेणसभाहरुलाई अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य हेमन्ता बुढाथोकी, युवा संगठन नेपालका केन्द्रीय सदस्य प्रकाश गिरि, अखिल नेपाल शिक्षक संगठनका जिल्ला संयाेजक केवल केसि लगायतका नेताहरूले सम्बाेधन गरेका थिए। ‘निर्वाचन खारेज तथा जागरण अभियान’मा पार्टीका जिल्ला सदस्य कमरेड माइला सी, कमरेड रेम्बाे सी, कमरेड बिशाल सीलगायतका नेता तथा कार्यकर्ताहरुकाे सहभागीता रहेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “सल्यानमा निर्वाचन खारेज अभियान तीव्र

  1. सल्यानमा दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे कथित निर्वाचन खारेज हुँदै छ। सबैले साथ दिनुहाेला

Leave a Reply to भीम भारती Cancel reply

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।