१४ बैशाख २०८१, शुक्रबार

कैलालीको घोडाघोडीमा सामना कलाकारको जागरण कार्यक्रम सम्पन्न

0

कैलालीको घोडाघोडी नगरपालिकामा सामनाको जनजागरण अभियान अन्तर्गत भण्डाफोर कार्यक्रम सम्पन्न भएको छ । संसदीय व्यवस्थाको प्रदेश र प्रतिनिधिसभाको आसन्न निर्वाचनको विरोधमा भण्डाफोर कार्यक्रम सम्पन्न भएको हो ।

संसदीय व्यवस्थाको निर्वाचनले देशको विकास र जनताको अधिकार स्थापित नहुने बरू पुराना दलालको सट्टा नयाँ दलाललाई वैधानिकता मात्र दिने बताउँदै निर्वाचन खारेज अभियानमा जनतालाई जागरण पैदा गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मिना सीले सम्बोधन गरेकी थिइन् । उनले आसन्न निर्वाचन खारेज गर्न अनुरोध गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र जनताको अधिकार स्थापित गर्न वैज्ञानिक समाजवाद आवश्यक भएको बताइन् ।  राष्ट्रघाती एमसीसी पास गर्ने राजनीतिक दलहरूलाई एमसीसी सहि थियो र हामीले पास गरेका हौँ भनेर जनतामा भोट मागेर देखाउन चुनौती दिइन् । जनताको म्यान्डेट विपरीत राष्ट्रघात गर्ने दलहरूलाई गाँउ-गाँउ र टोलबाट लखेट्न अनुरोध गरिन्। कार्यक्रममा सामना सांस्कृतिक परिवारका कलाकारहरूले राष्ट्रघात,भ्रष्टाचार र निर्वाचनको विरोधसहित राष्ट्रियता, जनतन्त्र र वैज्ञानिक समाजवादका पक्षमा क्यारिकेचर, गीत,सङ्गीत र नृत्यमार्फत आफ्नो कला प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।