१२ बैशाख २०८१, बुधबार

नेकपा कपिलवस्तुद्वारा टुकलाल पुनको घटनामा लगाएको आरोपको जोडदार खण्डन

0

नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले टुकलाल पुनको घटनालाई लिएर कञ्चन, सुदर्शन गुटले लगाएको झुठो आरोपको जोडदार खण्डन गरेको छ ।

कुटपिटमा परेका भनिएका टुकलाल पुन करिब ४ वर्ष पहिले नै सांस्कृतिक रुपमा व्यभिचारी, आर्थिक रुपमा भ्रष्ट र ठगी गरेको कुरा प्रमाणित भएपछि आफ्नाे पार्टीबाट निष्कासित व्यक्ति भएको नेकपाले बताएको छ ।

नेकपा कपिलवस्तु जिल्ला इन्चार्ज जुझारु र सेक्रेटरी कमल सीले प्रेस विज्ञप्ति जारी गरि टुकलाल कुटपिटको घटनालाई लिएर कञ्चन, सुदर्शन गुटले कथित पत्रकार सम्मेलनको नाम दिएर आफ्नाे पार्टीको नेतृत्वप्रति अत्यन्त कपोकल्पित, भ्रामक र झुट आरोप लगाई जनतामा भ्रम श्रृजना गर्न उद्द्त देखिएकाे भन्दै जिल्ला पार्टीको धारणा प्रष्ट पारेका छन् ।

टुकलाल पुनले घरमा श्रीमती हुँदाहुँदै पार्टी कार्यकर्तासँग अवैध सम्बन्ध राखी विवाहित महिलाको घरजम छुटाई  विचल्ली पारेको घटना प्रमाणित रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,”टुकलाल पुनमाथि आक्राेशित जनताले चेतावनी स्वरुप कार्वाही गरेका हुन् भने हाम्रो पार्टीको विरोध रहने कुरा भएन तर फुटवादी क्रान्ति विरोधी कञ्चन, सुदर्शन गुटले लगाएको झुठो आरोपको भने हामी जोडदार खण्डन गर्दछौं ।  कञ्चन, सुदर्शन गुटलाई राजनीतिक रुपले प्रस्तुत हुन, आग्रह, दुराग्रह र  कुण्ठित मनस्थितिबाट माथि उठ्न हामी अनुरोध गर्न चाहन्छौं । पार्टी र नेतृत्वप्रति लगाइएका, बर्बराइएका प्रलापहरुलाई पुष्टि गर्न पनि चुनौती दिन चाहन्छौं ।”

विज्ञप्तिमा भनिएको छ,” विभिन्न व्यक्ति र संस्थाहरुबाट पार्टीको नाममा चन्दा उठाई निजि सम्पत्ति जोड्ने गरेको पाइएको थियो र छ । गल्तीबाट रुपान्तरण हुनुको सट्टा निरन्तर यौन अराजकता र आर्थिक दुरुपयोगका घटनाहरु दर्जनौं पुगिसकेका छन् टुकलाल पुनबाट पीडित ब्यक्तिहरुको संबेदनसिलतालाई ध्यानमा राखी सबै कुरा उल्लेख गर्न सकिदैन ।”

करिब ४ वर्ष देखि पार्टीको कुनै सम्पर्कमा नरहेका टुकलाल पुन पार्टीमा रहँदा पार्टी भित्र मात्र होइन पार्टी बाहिरका विभिन्न व्यक्तिहरुलाई ठगी गरेको विषय निरन्तर उठिरहेकै थियो विज्ञप्ति लेखिएको छ ।

 प्रेस विज्ञप्तिको पूरा पाठ-

कुटपिटमा परेका भनिएका टुकलाल पुन करिब ४ वर्ष पहिले नै सांस्कृतिक रुपमा ब्यभिचारी, आर्थिक रुपमा भ्रष्ट र ठगी गरेको कुरा प्रमाणित भएपछि हाम्रो पार्टी ट निष्कासित ब्यक्ति हुन् ।

यही कार्तिक २२ गते कपिलवस्तु जिल्लाको बाणगंगा नगर अन्तर्गत घटेको भनिएको कुटपिटको घटनालाई लिएर कञ्चन, सुदर्शन गुटले कार्तिक २४ गते कथित विशेष पत्रकार सम्मेलनको नाम दिएर हाम्रो नेपाल कम्युनिस्ट पार्टी र यको नेतृत्व प्रति अत्यन्त कपो कल्पित, भ्रामक र झुट आरोप लगाई जनतामा भ्रम श्रृजना गर्न उद्द्त देखिएकाले जिल्ला पार्टीको धारणा प्रष्ट पार्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१) कुटपिटमा परेका भनिएका टुकलाल पुन करिब ४ वर्ष पहिले नै साँस्कृतिक रुपमा ब्यभिचारी, आर्थिक     रुपमा भ्रष्ट र ठगी गरेको कुरा प्रमाणित भएपछि हाम्रो पार्टी वाट निष्कासित ब्यक्ति हुन् ।
२) घरमा श्रीमती हुँदाहुँदै पार्टी कार्यकर्तासंग अवैध सम्बन्ध राखी विवाहित महिलाको घरजम छुटाई    विचल्ली पारेको घटना प्रमाणित छ ।
३) विभिन्न ब्यक्ति र संस्थाहरु वाट पार्टीको नाममा चन्दा उठाई निजि सम्पत्ति जोड्ने गरेको पाइएको थियो र छ ।

४) गल्तीबाट रुपान्तरण हुनुको सट्टा निरन्तर यौन अराजकता र आर्थिक दुरुपयोगका घटनाहरु दर्जनौं     पुगिसकेका छन् टुकलाल पुनबाट पीडित ब्यक्तिहरुको संबेदनसिलतालाई ध्यानमा राखी सबै कुरा उल्लेख गर्न सकिदैन ।

५) करिब ४ वर्ष देखि पार्टीको कुनै सम्पर्कमा नरहेका टुकलाल पुन पार्टीमा रहँदा पार्टी भित्र मात्र होइन पार्टी बाहिरका विभिन्न ब्यक्ति हरुलाई ठगी गरेको विषय निरन्तर उठिरहेकै थियो ।

 सांस्कृतिक दुराचार, आर्थिक भ्रष्टाचारको गम्भीर र जघन्य अपराधमा प्रमाणित भै एउटा क्रान्तिकारी पार्टीले पार्टीको साधारण सदस्य सम्मबाट निष्कासन गरिएको ब्यक्तिलाई कार्यकर्ता भर्ति गर्ने बहानामा कुनै राजनीतिक गुटले संरक्षण गर्ने गरि अगाडि बढाउने कार्यले नेपालको राजनीति नै अपराधी करण  हुँदै गएको छ । हाम्रो  पार्टीले जुनसुकै पार्टी, गुट, उपगुटको संरक्षणमा रहेका भएपनि भ्रष्ट, अनैतिक,  देशद्रोही र जनघाती कार्य गर्नेहरुलाई आम जनतालाई कार्वाही गर्न आह्वान गरेको छ । यदि निज टुकलाल पुन माथि आक्राेशित जनताले चेतावनी स्वरुप कार्वाही गरेका हुन् भने हाम्रो पार्टीको विरोध रहने कुरा भएन तर फुटवादी क्रान्ति विरोधी कञ्चन, सुदर्शन गुटले लगाएको झुठो आरोपको भने हामी जोडदार खण्डन गर्दछौं ।  कञ्चन, सुदर्शन गुटलाई राजनीतिक रुपले प्रस्तुत हुन, आग्रह, दुराग्रह र  कुण्ठित मनस्थितिबाटट माथि उठ्न हामी अनुरोध गर्न चाहन्छौं । पार्टी र नेतृत्व प्रति लगाइएका,  बर्बराइएका प्रलापहरुलाई पुष्टि गर्न पनि चुनौती दिन चाहन्छौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।