१२ बैशाख २०८१, बुधबार

नेकपा दाङद्वारा चुनाव खारेजीका लागि भव्य मसाल जुलुस

0

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टीले आसन्न मंसिर ४ को संसदीय चुनाव खारेजीको लागि देशभर खारेज अभियान गरिरहेकाे छ । नेकपाले आगामी संसदीय निर्वाचन खारेजीका लागि देशव्यापी रुपमा शान्तिपूर्ण विरोधका कार्यक्रमहरु दिनहुजसो गरिरहेको छ ।

दाङमा पनि नेकपाले संसदीय चुनावलाई खारेजीका लागि शान्तिपूर्ण ढंगले वालिङ, पोस्टरिङ, पर्चा वितरण, घरदैलो, कोणसभा, पिढीसभा, चोक सभा, मसाल जुलुस लगाएतका कार्यक्रमहरु गरिरहेको छ ।

आज आइतबार साझ नेकपाले तुलसीपुरमा भव्य मसाल जुलुस प्रदर्शन सहित कोणसभा सम्पन्न गरेको हो । नेकपाका सयौंको संख्यामा उपस्थित नेता – कार्यकर्ताहरुले तुलसीपुरका विभिन्न चोकहरु परिक्रमा गर्दै जेसिज चोक हुँदै विपि चोकमा पुगेर मसाल जुलुस प्रदर्शनलाई कोणसभामा परिणत गरेका थिए ।

कोणसभालाइ सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय सीले आसन्न मंसिर ४ को चुनावमा संसदवादी दलहरुका प्रतिनिधिलाई जनताले गाउँगाउँबाट लखेट्ने उद्घोष गरेका थिए । नेता संजयले जनतामा यो निर्वाचनप्रति कुनै चासो नरहेको बरु भोट माग्न गाउँ पुगेका राष्ट्रघाती एमसिसी सम्झौताका मतियारहरुप्रति आक्रोश रहेको बताएका हुन् । उनले भने,– ‘जनता यो चुनावमा भोट हाल्न आतुर छैनन् बरु जनताले एमसिसीका मतियारहरुलाई चिनेका छन् र विभिन्न ढंगले गाउँबाट जवाफ दिदै पठाएका छन् ।’

एक फरक प्रसंगमा बोल्दै नेता संजयले संसदीय व्यवस्था पूर्णरुपले असफल भएको दाबी गरे । उनले भने,– ‘यो व्यवस्था असफल भइसक्यो । यसको असफलताको प्रमाण भनेको संसदवादी दलहरुले निर्वाचन गरेको गठवन्धन हो । एक्लाएक्लै भोट माग्न गाउँ जान नसक्ने भएपछि गठबन्धन गरेर जनतालाई झुक्याइरहेका छन् । अब जनता झुक्याउन पाइदैन , हामी दिदैनौँ । लोकतन्त्रको नाममा तिम्रो लुटतन्त्र अब जनताले बुझेका छन् । जनता अब सडक आइसके । संसदवादी दलहरु अब एक्लाएक्लै गाउँ जान नसोचे हुन्छ जनताले लखेट्छन् ।’

नेता संजयले यो चुनावले जनतालाई केवल मंहगी , भ्रष्टाचार , कमिसनखोरलाई लाइसेन्स , व्यथिती , सामाजिक विभेद , अन्याय , अत्याचार , शोषण , दमन , लुटपाट मात्रै दिने भएकाले चुनावलाई खारेज गर्नुपर्ने धारणा राखेका थिए । वास्तविक शान्ति, समृद्धि ,समानता स्वाधीनता प्राप्तिका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाका लागि जुट्नुपर्ने बेला आएको नेता संजयले उद्घोष गरेका थिए ।

कोणसभाको सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य रेखा सीले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।