१५ चैत्र २०८०, बिहीबार

रोल्पामा चुनाव खारेजी अभियान सशक्त बन्दै

0

रोल्पा: संसदीय व्यवस्थाको संघीय सरकारले गर्न लागेको आसन्न मंसिर ४ को संघ र प्रदेश सभा सदस्यको निर्वाचनलाई गाउँ÷शहरबाट खारेज गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन भएको छ । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा मंसिर ४ को चुनावलाई खारेज गर्न अभियान थालिएको हो । पार्टीको केन्द्रीय नीति बमोजिम रोल्पा जिल्ला पार्टीले पनि चुनाव खारेज अभियानलाई सशक्त रुपमा अगाडि बढाएको छ । उक्त अभियानलाई रोक्न प्रहरी प्रशासनले नेकपा रोल्पाका नेता कार्यकर्ताहरुलाई निगरानीमा राखेको छ ।
रोल्पा जिल्लाका विभिन्न गाउँहरुमा नेकपाका नेता कार्यकर्ताहरुले चुनाव खारेजीको अपिल पोष्टरसहित आसन्न मंसीर ४ को संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा भोट नहाल्न आग्रह गर्दै हिंडेको बताउनु हुन्छ, नेकपा रोल्पाकी सेक्रेटरी सम्झना घर्तीमगर । घर्तीमगरका अनुसार यो दलाल संसदीय व्यवस्थाले गर्न लागेको निर्वाचनले दलालहरुलाई नै नीतिगत भ्रष्टाचार गर्न लाइसेन्स प्रदान गर्ने जात्रा भएकोले यो निर्वाचनलाई सशक्त रुपमा खारेज सहित बहिष्कार गर्न रोल्पाली मतदाताहरुलाई अपिल गरिएको छ ।
‘नदी नाला बेच्ने, देशका उद्योग धन्दा बेच्ने, शहीदका सपना बेच्ने र जनयुद्धका घाइते अपाङ्ग र समग्र संलग्न योद्धाहरुको सपना बेच्ने नयाँ दलालहरुलाई पनि भोट दिनुहुन्न ।’ सेक्रेटरी घर्तीमगर प्रश्न गर्दै भन्नुहुन्छ– ‘एमसीसी तथा एसपीपी जस्ता ठूला–ठूला राष्ट्रघात गर्ने राष्ट्रघाती र जनघातीहरुलाई किन भोट दिने ? उनीहरुलाई यो देशको अस्मिता र जनताको आधारभूत आवश्यकता अरु थप बर्बाद पार्नलाई भोट दिने ?’ उहाँ अगाडि थप्नुहुन्छ –‘देशभक्ति एवं जनप्रेमी समेत युवा, बुद्धिजीवीहरुले पनि यो दलाल संसदीय व्यवस्थाले गर्ने निर्वाचनलाई खारेज गरेर अगाडि बढ्नु पर्छ ।’
यो संसदीय व्यवस्थामा पटक–पटक व्यक्तिलाई चुन्दाचुन्दा आजित भएका जनताहरु अब यो व्यवस्था नै जनताको नभएर लुटेरा, भ्रष्ट, दलालहरुको भएको विश्लेषण गर्न थालेका छन् । उनीहरुले यो व्यवस्थाले सञ्चालन गरेको निर्वाचनमा जसलाई निर्वाचित गरे पनि उनीहरु लुटेरा, भ्रष्ट र दलाल नै हुने प्रमाणि भएको भन्दै यस व्यवस्थालाई खारेज गरेर वैज्ञानिक समाजवादलाई स्थापना गर्न लामबद्ध हुनुपर्ने बताउँछन् ।

यसैबीच नेकपा राेल्पाले चुनाव खारेज अभियान अन्तर्गत घरदैलो गर्दै बाल पेन्टिङ/भित्तेलेखनलाई तीव्रता दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।