८ बैशाख २०८१, शनिबार

सबै देशभक्त,क्रान्तिकारी एक भइ चुनाव खारेज गर्न राष्ट्रिय वामपन्थी मञ्चको अपिल

साम्राज्यवादी दलालहरुको गठबन्धन भैरहदा जनताको हितमा लडिरहेका क्रान्तिकारीहरुको गठबन्धन नहुनु दुखद हो

0

राष्ट्रिय वामपन्थी मञ्च नेपालले अहिलेको चुनाव दलाल पुजीवादीहरुलाई सत्तामा टिकाइ राख्न र सत्ताको आयु लम्ब्याउने उदेश्यले हुन लागेको भन्दै चुनाव खारेजको पक्षमा उभिन सम्पूर्ण देशभक्त, प्रगतिशील र क्रान्तिकारी शक्तिहरुलाई अपिल गरेको छ ।
मञ्चका अध्यक्ष दीर्घ राज पाण्डेद्वारा आज हस्ताक्षरित एक अपिलमार्फत यस्तो आह्वान गरिएको हो ।

आजको विश्व भूमण्डलीकृत विश्व हो । अहिलेको संसद लेनिनको समय भन्दा निकै फरक छ । लेनिनको समयमा संसदबाट जनताका आवाजलाई उठाउन सकिन्थ्यो तर अहिले चुनावमा जित्ने भनेको पैसाको बलमा हो । यसरी सच्चा देशप्रेमीहरु निर्वाचित भएर जनको पक्षमा काम गर्न पनि सम्भव छैन त्यसैले निर्वाचन खारेज गर्नुको विकल्प छैन अध्यक्ष पाण्डेद्वारा जारी अपिलमा उल्लेख छ ।
अपिलमा भनिएको छ, ‘साम्राज्यवादी दलालहरुको गठबन्धन भैरहदा जनताको हितमा लडिरहेका क्रान्तिकारीहरुको गठबन्धन नहुनु दुखद हो । त्यसैले क्रान्तिकारीहरु एक भएर चुनाव खारेज गर्न जरुरी छ । नेपालमा संसदिय व्यवस्था विरुद्ध व्यापक जनमत छ ।’

जनताले यो व्यवस्थाबाट वाक्कदिक्क भएपछि यसको भरपर्दो विकल्प पनि खोजिरहेका छन् तर यो व्यवस्थाको विकल्प दिने भन्दै विभिन्न क्रान्तिकारी कम्युनिस्टहरु संघर्ष गरिरहेका भएपनि उनीहरु आपसमा एकताबद्द हुन नसक्दा नेपालको क्रान्तिकारी आन्दोलनलाई नोक्सानी भैरहेको बेला जनवाद र समाजवादका लागि लडिरहेका पार्टीहरु एक हुन जरुरी रहेको भन्दै राष्ट्रिय वामपन्थी मञ्च नेपालले अपिल गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।