८ बैशाख २०८१, शनिबार

सिन्धुपाल्चोकमा चुनाव विरुद्ध व्यापक रूपमा वालिङ, पोस्टरिङ, पर्चा वितरण, घरदैलो कार्यक्रम हुँदै

0

आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई खारेज गर्ने निर्णय लिएको नेकपाले सिन्धुपाल्चोकमा शान्तिपूर्ण ढंगले वालिङ, पोस्टरिङ, पर्चा वितरण, घरदैलो कार्यक्रम व्यापक रूपमा संचालन गरिरहेको छ ।

चुनाव खारेजी अभियान अन्तर्गत सुकुटे, बलेफी, खाडीचाैउर, लामाेसाघु र बाह्रबिसेमा पर्चा वितरण भित्तेलेखन कार्य सम्पन्न भएकाे छ ।
साेहि क्रममा बाह्रबिसेकाे जुरेमा भित्तेलेखनमा गरिरहेकाे अवस्थामा युवा संगठन नेपालका केन्द्रिय सदस्य एवम् पार्टीका जिल्ला सचिवालय सदस्य सुमन सी, पार्टीका जिल्ला सचिवालय सदस्य कम्युटर सि, अखिल (क्रान्तिकारी) जिल्ला संयाेजक निर सि र नगर कमिटी सदस्य राजेन्द्र सीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

गिरफ्तार ४ जना नेतालाई प्रहरीले आज दिउसाे ११ बजेतिर रिहा गरेकाे छ । रिहापछि जिल्ला सचिव युगीन सि र केन्द्रीय प्रतिनिधि सदस्य किरण घिमिरेले खादा लगाई स्वागत, सम्मान तथा बधाई दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।