७ बैशाख २०८१, शुक्रबार

भाेजपुरमा चुनाव खारेज अभियान जारी

0

संसदीय व्यवस्थाको संघीय सरकारले गर्न लागेको आसन्न मंसिर ४ को संघ र प्रदेश सभा सदस्यको निर्वाचनलाई गाउँ/शहरबाट खारेज गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा मंसिर ४ को चुनावलाई खारेज गर्न अभियान थालिएको हो । पार्टीको केन्द्रीय नीति बमोजिम भेाजपुर जिल्ला पार्टीले पनि चुनाव खारेज अभियानलाई सशक्त रुपमा अगाडि बढाएको छ । उक्त अभियानलाई रोक्न प्रहरी प्रशासनले नेकपा भेाजपुर नेता कार्यकर्ताहरुलाई निगरानीमा राखेको छ ।
भेाजपुर जिल्लाका विभिन्न गाउँहरुमा नेकपाका नेता कार्यकर्ताहरुले चुनाव खारेजीको अपिल पोष्टरसहित आसन्न मंसीर ४ को संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा भोट नहाल्न आग्रह गर्दै हिंडेको बताउनु हुन्छ, नेकपा भेाजपुर सेक्रेटरी रेज सि । उहाँका अनुसार यो दलाल संसदीय व्यवस्थाले गर्न लागेको निर्वाचनले दलालहरुलाई नै नीतिगत भ्रष्टाचार गर्न लाइसेन्स प्रदान गर्ने जात्रा भएकोले यो निर्वाचनलाई सशक्त रुपमा खारेजसहित बहिष्कार गर्न भेजपुरेली मतदाताहरुलाई अपिल गरिएको छ ।

यसैबीच नेकपा भेाजपुरले चुनाव खारेज अभियान अन्तर्गत घरदैलो गर्दै बाल पेन्टिङ/ पर्चा /भित्तेलेखनलाई तीव्रता दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।